गिरीजा फाउण्डेसन चितवन २ नम्बर क्षेत्रको समिति गठन

0

गैडाकोट, १८ चैत्र । गिरीजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेण्टको चितवन २ नम्बर क्षेत्रको समिति बनेको छ । छविलाल ढकालको संयोजकत्वमा २२ सदस्यीय क्षेत्रीय समिति बनेको छ ।

सहसंयोजकमा जनार्दन प्रसाद दाहाल, सचिवमा प्रदिप अधिकारी, कोषाध्यक्षमा जनकबन्धु अर्याल, सहसचिवमा कमला पौडेल चयन भएकाछन् ।

यस्तै सदस्यहरुमा उपेन्द्र सापकोटा, निरुजा श्रेष्ठ, नेत्रनारायण आचार्य, पशुपतिशर्मा पराजुली, सृजना देवकोटा, कुमबहादुर गुरुङ, कञ्चन अग्रवाल, हरेन्द्रराज केसी, गिरीराज केसी, असोक प्रधान, पूर्णबहादुर सुनार, तिलकुमारी सेढाई, सुजन शर्मा, गोरे लामा, युगेन्द्र मगर, शिव राउत चयन भएका छन् । कांग्रेस पार्टी कार्यालयमा सोमबार बसेको प्रथम भेलामा नयाँ कार्यसमितिलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गर्नुभयो ।

“यो कांग्रेसको भातृसंस्था होइन, तर गिरीजाप्रसादलाई नयाँ पुस्तामा चिनाउन भूमिका खेल्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो , “स्थापना हुदा खरायोको गतीमा दौडिनु भन्दा कछुवाकै गतीमा हिडेको राम्रो हुन्छ, तर निरन्तरता चाहिन्छ ।”

उनले सामाजिक कार्यमा अग्रसर भएर लाग्न सुझाए । फाउण्डेसनका चितवन संयोजक कमल आचार्यले राजनीतिक व्यक्तिका नाममा खुलेपनि सामाजिक काम गर्ने मुख्य लक्ष्य भएको बताउनुभयो । । “हाम्रो काम सामाजिक अभियान चलाउने हो”, उहाँले भन्नुभयो, “यसले पार्टीलाई सहयोग पुग्ला, तर समाजको पीडामा मल्हम लगाउने हाम्रो काम मुख्य हो ।  आगामी असारभित्र वडा, नगर, क्षेत्र र जिल्लास्तरका समितिलाई पूर्णता दिइने बताउनुभयो । । क्षेत्रीय समिति १९–२३, कार्यसम्पादन समिति ११–१३, वडा समिति १३–१७ जनासम्मको समिति बनाइने छ । चितवन १ नम्बर क्षेत्रको समितिको संयोजकमा गोविन्द गौतम र ३ को संयोजकमा गिता गुरुङ छन् । २०६७ सालमा केन्द्रमा फाउण्डेसन बनेपनि जिल्लातहमा समिति बनेका थिएनन् ।

Share.

Leave A Reply