गिरफ्तार नेताहरु धरौटीमा रिहाभएपछि नेकपाको भोलीको लुम्बिनी बन्द फिर्ता

0

गैडाकोट, ७ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली गर्ने भनिएको लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता भएको जनाएको छ ।

आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको थियो । आज अर्घाखाँचीको सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहाँ गरेपछि बन्द फिर्ता गरेको हो ।

गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज पुर्णवहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल, अभियानयात्री टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो ।

Share.

Leave A Reply