गाउँकाे कविता

0


गणेश श्रमण

अाफूनै नबसेपछि
कसरी हुन्छ त
गाउँकाे विकास

हामी सबै झर्‍यो
तल तल
गाउँ कै खाेला झरे झैँ र
थुपरियाै शहरमा

चाडपर्व र मेलामा
बुवाअामा र साथी सम्झी
कहिलेकाही गाउँ जादा
भन्ने गर्छाैं –
खाेइ सधैं उस्तै छ
कहिल्यै नहुने भाे
गाउँकाे विकास

युवातन्देरी काेही नबस्ने
काेही विदेश ताक्ने त
काेही राजधानी ताक्ने अनि
बुढाबुढीकाे भरमा मात्र
कसरी हुन्छ त
गाउँकाे विकास

जग्गा बाझाे हुन थाल्यो
जङ्गल र झाडी बढ्न थाल्यो
गाउँमा मानिस कम र
बादर बढी हुन थालेपछि
कसरी हुन्छ त
गाउँकाे विकास

अशिक्षा र अज्ञानताकाे जालाे
कुहिराेझै डम्म छ
कुरीति र अन्धविश्वासकाे बादलले
गाउँ पुरै ढाकिएकाे छ
विकास निर्माणका कुरा
कागजमा मात्र सीमित भएपछि
कसरी हुन्छ त
गाउँकाे विकास

नीतिनियम अाफै बन्दाेरहेनछ
विद्यालय अाफै खुल्दाेरहेनछ
सबैले छाडेकाे गाउँ
चुनावमा मात्र सम्झिएपछि
कसरी हुन्छ त
गाउँकाे विकास

नदीमा अाफै पुल अाउदाेरहेनछ
खाेला अाफै बिजुली हुदाेरहेनछ
भीरमा अाफै माेटर गुड्दाेरहेनछ
गाउँले नै नभएपछि
कसरी हुन्छ त
गाउँकाे विकास

अाफूनै नबसेपछि
कसरी हुन्छ त
देशकाे विकास ।

कविकटेरी,चितवन।

Share.

Leave A Reply