गर्मीयाममा फैलने रोक नियन्त्रणमा नगर स्वास्थ्य शाखा गैडाकोट सक्रिय

0

डोलराज रानाभाट, ३ वैशाख । गर्मीयामको सुरुवातसँगै नगरभित्र फैलनसक्ने रोगहरुको नियन्त्रणमा नगर स्वास्थ्य शाखा गैडाकोट सक्रिय भएको छ ।

गर्मीसुरु सँगै लामखुट्टेको टोकाइबाट औलो, डेँगु, दुषीत पिउनेपानीका कारण झाडापखाला लगायतका रोकहरु लाग्ने गर्दछ । यसबाट बच्ने उपाय तथा रोकथामको बारेमा सरोकारवाला तथा जनप्रतिनीधिहरुसँग पहिलो चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नगर स्वास्थ्य शाखा गैडाकोटमा कार्यरत हेल्थ असिस्टेण्ट रेशम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“भर्खरै गर्मी सुरु भएको छ । पहिलो चरणको अन्तरक्रिया कार्यक्रम सकियो भने अव दोस्रो चरणको कार्यक्रम छिट्टै गर्दैछौँ ।”

पौडेलका अनुसार अहिले अन्तरक्रियाका साथै नगरभित्रका खानेपानी उपभोक्ता समितिहरुसँग छलफल गरिएको छ । खानेपानी मुहानको निरीक्षणमा शाखाका कर्मचारीहरु खटिएका छन् । शरिर स्वस्थ्य हुन चाहिने महत्वपुर्ण तत्व भनेको पिउने पानी हो । अहिले यसको मुहान परीक्षणका साथै शुद्ध पिउने पानी कसरी वितरण गर्ने भन्नेमा नगर स्वास्थ्य शाखाले प्राविधिक र सैद्धान्तिक दुवै ज्ञान वाँडेको छ । पौडेलका अनुसार अहिले मुहान शुद्धिकरणमा लागिरहेको बताउनुभयो ।

यो सँगै टाइफाइड, एचआइभी, झाडापखाला, मधुमेह, क्यान्सर, थाइराइड लगायतका रोगबाट बच्ने उपायको बारेमा पनि जनस्तरमा सुचना प्रवाह भइरहेको पौडेलले जानकारी दिनुभयो । अहिले विशेषत मिडियाबाट स्वास्थ्य सन्देश प्रशारण गरिएको र वडामा रहनुभएका स्वास्थ्य स्वयम्सेविकाहरुलाई विशेष परिचाल गरिएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७४÷०७५ को तथ्याङ्क अनुसार गैडाकोट नगरभित्र श्वासप्रश्वास समस्याका विरामीहरु सवैभन्दा धेरै २२ दशमलव ७६ प्रतिशत रहेका छन् । चोटपटक सम्वन्धीका १९ दशमलव ८१ प्रतिशत, ग्यास्ट्राइस्टीक सम्वन्धी ९ दशमलव ८७ प्रतिशत, ढुसीजन्य समस्याका ९ दशमलव १९ प्रतिशत, टाइफाइड सम्बन्धी ७ दशमलव ०८ प्रतिशत, छालाको इन्फेक्सन सम्वन्धी ५ दशमलव ५ दशमलव ८६ प्रतिशत, ज्वरोसम्बन्धी ६ दशमलव ८७ प्रतिशत, टाउको दुखाई सम्वन्धी ६ दशमलव ४२ प्रतिशत, टन्सील सम्वन्धी ६ दशमलव ४ प्रतिशत र लुतो सम्वन्धी ५ दशमलव ७ प्रतिशतका विरामीरहेको तथ्याङ्क छ । टप १० भित्रका रोगहरुको यो तथ्याङ्कलाई यो वर्ष घटाउने गरि स्वास्थ्य सम्वन्धी कार्यक्रमहरु जारी रहेको हेल्थ असिस्टेण्ट पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार सरकारले निशुल्क वितरण गर्ने औषधिको पनि गैडाकोटमा अभाव नभएको बताउनुभयो । यदि कुनै व्यक्ति रोग लागेर उपचार गराउन स्वास्थय चौकीको पहुचमा पुग्न नसकेको भए वडामा रहनुभएका स्वयम्सेविकाहरुसँग सम्पर्क गर्न र विभिन्न रोगहरुबाट बच्न नियमित सरसफाईमा ध्यान दिन, खाना खानुअघि र खाएपछि सावुनपानीले मिचिमिच हात धुन, दैनिक पिउने पानी प्रशोधन र उमालेर प्रयोग गर्न सवैमा आग्रह छ ।

Share.

Leave A Reply