गरिबी निवारणमा भ्रष्टचारको गन्ध शैह्य हुन्न ः प्रधानमन्त्री

0

गैडाकोट, २४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण मन्त्रालयमा भ्रष्टचारको गन्ध आए शैह्य नहुने चेतावनी दिनुभएको छ । साथै उहाँले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश समृद्धिको वाटोमा अघि बढेको भन्दै त्यसमा कसैले अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।

साथै गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

Share.

Leave A Reply