गरिबिमुक्त गैंडाकोट अभियानमा विजय विकास स्रोत केन्द्र

0

प्रेम क्षेत्री, कार्तिक ४ गैंडाकोट । सकरात्मक सामाजिक रुपान्तरणका लागि विगत ३९ वर्षदेखी क्रियाशिल विजय विकास स्रोत केन्द्रले दिगो र समुन्नत विकासका लागि ३ दर्जन वढि कार्यक्रम प्रस्तुत गर्दै ३३ औं साधारण सभा सम्पन्न गरेको छ ।
गैंडाकोट ८ स्थित केन्द्रको चेतना सदनमा आईतबार सम्पन्न साधारण सभामा केन्द्रका सचिव कृष्णप्रसाद सापकोटाले गरिबिमुक्त गैंडाकोट अभियानलाई निरन्तरता दिदैं थप अन्य कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । साधारण सभामा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले गतवर्ष प्रस्ताव गरिएका ३६ वटा कार्यक्रम मध्ये ८९ प्रतिशत कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिनुभयो ।
आवाज
उहाँले आगामी वर्ष सुशासन अन्र्तगत समाजिक जवाफदेहीता तथा बालमैत्री स्थानिय शासनको प्रर्वधनमा योगदान पु¥याउने उल्लेख गर्नुभयो । वकालत, अभियान र पैरवी अन्र्तगत राष्ट्रिय रुपमा सामाजिक विकास संस्था मैत्री नीति निमार्णमा योगदान पु¥याउने रहेको बताउनुभयो । बालबालिका, युवा तथा महिला सहभागिता अन्र्तगत मानवीय तथा सामाजिक पुँजी विकासमा योगदान पु¥याउने, सुधारोन्मुख जिविकोपार्जनतर्फ स्थानिय स्तरमा नै रोजगारीको अवसर सिर्जनामा योगदान गर्ने र स्रोत केन्द्र अन्र्ततगत संस्थागत ज्ञान व्यवस्थापन क्षमता वढाउने उल्लेख गर्नुभयो ।
यस्तै साधारणसभामा आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट कोषाध्यक्ष पार्वती कंडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले आन्तरिक र साझेदारी गरि ८ करोड ५० लाख ६५ हजार ९ सय १३ रुपैंयाको आय व्यय विवरण पेश गर्नुभएको थियो । उहाँले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि ७ करोड ७७ लाख ५० हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
आवाज
कार्यक्रममा गैंडाकोट नगरपालिका उप प्रमुख विष्णुकुमारी कंडेलले सामाजिक विकासमा विजय विकास स्रोत केन्द्रले खेलेको भुमिकाको पं्रशसा गर्दै आगामी दिनमा नगरपालिका पनि सहकार्य गर्दै अघि वढ्न तयार रहेको बताउनुभयो ।
आवाज
विजय विकास स्रोत केन्द्रका संस्थापक अध्यक्ष ऋषीराम सापकोटाले समुदायमा रहेका हरेक व्यक्तिको उत्थानका लागि खोलीएको संस्था भएकाले यसलाई दिगो राख्न आग्रह गर्नुभयो ।
निवर्तमान अध्यक्ष खेमराज सापकोटाले केन्द्रले हालसम्म सम्पन्न गरेका क्रियाकलापहरुले देशका विभिन्न जातजाती समुदाय र वर्गका मानिसहरु लाभन्वित भएको र यसले तय गरेको पञ्चवर्षिय योजनाले सवैलाई समेट्ने गरि विकासका कार्यक्रमहरु ल्याएको बताउनुभयो ।
पुर्व अध्यक्ष केशवप्रसाद सापकोटाले विकासका विभिन्न आयामहरुमा योगदान गर्नका लागि नै केन्द्रले विभिन्न संघ संस्थाको प्रर्वद्धन गरि काम गरिरहेको बताउनुभयो । यद्यपी समग्रतामा नागरिकहरुका आवाज बाहिर ल्याउने संयन्त्रहरु विस्तारै कमजोर हुदैं गईरहेको परिप्रेक्ष्यमा स्थानिय सरोकार चासो र समस्याका बारेमा संवाद र कुराकानी गर्ने थलोका रुपमा केन्द्रलाई विकास गर्नुपर्ने बताउनुभयो ।
पुर्व अध्यक्षहरु नारायण सापकोटाले साधारण सभाले पास गरेका निति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै मार्गदर्शनका रुपमा लिन आग्रह गर्नुभयो ।
त्यस्तै पुर्व अध्यक्ष वसन्तराज लम्सालले धेरै विषय र क्षेत्रमा छरिएर काम गर्नुभन्दा केन्द्रले आगामी दिनमा विषयगत र क्षेत्रगत हिसाबले आफ्नो गन्तव्य निर्धारण गरि अघि वढ्नु नै हितकर हुने बताउनुभयो ।
कार्यक्रममा उत्प्रेरक तिलकप्रसाद सापकोटाले गैंडाकोट सहित देशका विभिन्न स्थानमा विकासको नेतृत्व गरिसकेको अनुभवी संस्था भएकाले राष्ट्रिय विकासमा समेत केन्द्रले मार्गदर्शन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उत्प्रेरक गोविन्दराज विनोदीले विजय विकास स्रोत केन्द्रलाई ज्ञान सिप र सिकाई व्यवस्थापनको थलोका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । पुर्व गाविस अध्यक्ष ओमप्रसाद सापकोटाले केन्द्रभित्र रहेका विविधतायुक्त जनशक्तीको उच्चतम परिचालन गरेर जुनसुकै विकासका काम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा सदस्यका तर्फबाट गोपालप्रसाद कंडेलले शुभकामना मन्तव्य राख्दै संस्थाको उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभयो ।
विजय विकास स्रोत केन्द्रका उपाध्यक्ष लक्ष्मि गौतमले स्वागत गर्नुभएको सो कार्यक्रम केन्द्रका अध्यक्ष हरिलाल सापकाटोको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष सापकोटाले हाल ७ वटा लक्ष्यहरुमा योगदान पु¥याईरहेकोमा आगामी वर्ष थप ३ वटा लक्ष्यहरुमा विशेष कार्यथालनी गर्ने बताउनुभयो । उहाँले विजय परिवारका संस्थाले देशका आधा भुभागमा सेवा पु¥याईरहेको उल्लेख गर्दै केन्द्रले प्रर्वद्धन गरेका सवै संस्थाहरुविच समन्वय गर्दै अघि वढ्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा डा. भिमनाथ आचार्य, विजय उत्कृष्ट सदस्य पुरस्कार तुलसीप्रसाद पौडेल र विजय वर्ष व्यक्तित्वबाट दिपनारायण सापकोटालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
विजय युवा क्लबको नामबाट २०३६ सालमा स्थापित भएर समुदायमा जनचेतना, स्वास्थ्य सरसफाई र खेलकुदको कार्यक्रमबाट आफ्ना पाईला अगाडि बढाएको संस्थाले अहिले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफ्नो छवि निर्माण गर्न सफल भएको छ । केन्द्रमा श्रद्धेय, आजिवन, साधारण र सह सदस्य गरि ८० जना सदस्य रहेका छन् ।
विजय विकास स्रोत केन्द्रले प्रर्वद्धन गरेका विकु बचत तथा ऋण सहकारी संस्था लि., विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि., विजय सामुदायिक शिक्षा सहकारी संस्था लि., विजय लघुवित्त वित्तिय संस्था लि., विजय कन्सल्टिड्ड प्रा.लि., विजय फाउण्डेशन नेपाल र विजयश्री उपभोक्ता सहकारी संस्था लि. समाजमा छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

Share.

Leave A Reply