गत बर्षमा गैँडाकोटमा ४८ जना लागुऔषध प्रयोगकर्ता नियन्त्रणमा

0

गैँडाकोट ११ साउन ।


गत आर्थीक बर्षमा गैँडाकोटमा ४८ जना लागुऔषध प्रयोगकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गैँडाकोटका कार्यबाहक प्रमुख प्रहरी नायब निरिक्षक नविन कुमार थापाका अनुसार आर्थीक बर्ष २०७३÷७४ मा ४८ जना लागु औषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका उनीहरुमध्ये अधिकांसलाई परिवारको जिम्मा लगाएर छोडीएको छ । भने करिब १५ जनालाई विभिन्न सुधार केन्द्रमा राखिएको छ । गैँडाकोट लागुऔषध दुव्र्यसनी र कारोबारीका लागी ट्रान्जिट पोईन्ट बनेको भन्ने सरोकारवालाको गुनासो बढीरहेका बेला प्रहरीको यस्तो तथ्यांक बाहिर आएको हो ।

बिजय एफएम संगको कुराकानीमा प्रहरी निरिक्षक थापाले लागु औषध कारोबारीहरुको नियन्त्रणका लागी प्रहरीले नयाँ योजना बनाएको बताउनुभयो । बिद्यालय उमेरका बिद्यार्थी दुव्र्यसनी बढेको भन्दै अभिभावकले प्रहरीको निगरानी बढाउन आवश्यक रहेको बताएका छन् । यता गैँडाकोटका जनप्रतीनिधीहरुले पनी आ आफ्ना वडामा लागुऔषध प्रयोगको समस्या जटील भएको बताएका छन् । गैँडाकोट ६ मा बोटेटोलका स्थानीयले रातको समस्या लागुऔषध प्रयोगकर्ताका कारण असुरक्षीत भएको गुनासो गरेका छन् । वडा नं ६ का वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले जनचेतनामुलक कार्यक्रम मार्फत न्युनीकरणको प्रयास थालीएको बताउनुभयो ।

विजय एफएमको कार्यक्रम हाम्रो नगरमा कुराकानी गर्दै वडा नं ९ का वडाध्यक्ष प्रेम प्रसाद सापकोटाले दुव्र्यसनीको समस्या जटील रहेको भन्दै अभियान नै चलाएर न्युनीकरणको काम गर्नुपर्ने बताउनुभयो । गैँडाकोटको वडा नं ५, ६, ८, ९ का वडाध्यक्षले आफ्ना वडामा समस्या रहेको र समाधानका लागी आफुहरु कटीबद्ध रहेको बताएका छन् । गैँडाकोटमा अन्यत्रबाट आई कारोबार गर्नेहरु पनि देखीएका छन् ।

Share.

Leave A Reply