गतबर्षको उपविजेता हातेमालो समुह चरणवाटै वाहिरीयो

0

१७ असोज, रत्ननगर ।

ईन्द्रेणी कृषक समुह रत्ननगरले आयोजना गरेको टोल स्तरीय नकआउट फुटवल प्रतियोगिता अन्र्तगत बुधवार (आज) भएको खेलमा शान्ति टोल विकास संस्था विजयी भएको छ । हातेमालो टोल विकास संस्थासंग भएको खेलमा ३÷३ गोेल अन्तरले बराबरी भएपछि खेल पेनाल्टीमा परिणत भएको थियो । पहिलो हापसम्म बराबरीमा रहेको खेल दोस्रो हापमा निकै आक्रमण बनेको थियो । बराबरीमा खेल सकिएपछि पेनाल्टी पाएको हातेमालोले १ गोल गर्यो भने शान्तिले ३ गोल गर्दै आजको खेलको विजयी भएको हो । अघिल्ले बर्षको उपविजेता हातेमालो यो बर्षभने समुह चरणवाट नै वाहिरीएको छ । आज भएको खेलमा शान्ति टोल विकास संस्थाका खेलाडी सरोज भुजेल म्यान अफ दी म्याच घोषित भएका छन् । असोज १५ गतेवाट सुरु भएको खेलमा वडा नम्मर १५ मा रहेका १९ टोल विकास संस्थामध्ये १४ वटा टोल विकास संस्थाले खेलमा सहभागीता जनाएका छन् । खेलमा प्रथम टोलले ३० के.जीको खसी सिल, मेडल, प्रमाणपत्र तथा दृतिय टिमले २५ के.जीको खसी सिल, मेडल तथा प्रमाणपत्र प्रदान गरीने छ । भोली छहारीे टोल विकास संस्था तथा गणेश टोल विकास संस्थाविच खेल हुदैछ ।

Share.

Leave A Reply