गण्डकी प्रदेशमा अहिलेसम्म सरकारी चिकित्सा शिक्षा पुगेको छैन

0


नलपरासी बर्दघाट सुस्ता पूर्व, १२ श्रावण । गण्डकी प्रदेशमा अहिलेसम्म सरकारी चिकित्सा शिक्षा पुग्न सकेको छैन । गण्डकी प्रदेशमा पोखरामा प्रतिष्ठान स्थापना भएपनि अहिलेसम्म शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन । यस्तै प्रदेश ५ को दाङमा पनि प्रतिष्ठान स्थापना भएपनि अझै सम्म शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन । अहिलेसम्म प्रदेश १ र प्रदेश ३ मा मात्रै चिकित्सा शिक्षा पुग्न सकेको छ । सरकार र डा. गोविन्द केसी बीच विहिबार भएको सहमतिले अब सबै प्रदेशमा चिकित्सा शिक्षा पुग्ने आशा बढाएको छ । सहमति पत्रको  २२ आँै बुँदा कार्यान्वयनमा आयो भने कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा सरकारले यो ऐन प्रारम्भ भएको ५ वर्ष भित्र कम्तीमा एक वटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्नेछ ।

Share.

Leave A Reply