गण्डकी प्रदेशबाट २३ करोडका योजना

0

श्रीधर उपाध्याय
गैँडाकोट । गण्डकी प्रदेशबाट नवलपुरमा आगामी आर्थिक वर्षका लागि २३ करोड १४ लाख ४६ हजारका योजना परेका छन् । गण्डकी प्रदेशको रातो किताबमा गैँडाकोटका लागि १५ करोड ७ लाख ४६ हजार, देवचुली नगरपालिकाअन्तर्गत ७ करोड १५ लाख र बुलिङटार गाउँपालिकाअन्तर्गत ९२ लाखका योजना पारिएको प्रदेश सांसद कृष्णचन्द्र नेपालीले बताउनुभयो । समृद्ध नवलपुर निर्माण गर्ने आÇनो सपना रहेको बताउँदै नेपालीले सडक, सतह सिंचाइ, पुलनिर्माण, खानेपानी, डिप ट्युबेल बोरिङ र स्यालो ट्युबेल बोरिङ निर्माणका योजना रहेको बताउनुभयो । गण्डकी प्रदेशको प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेतासमेत रहेका नेपाली नवलपुर १ (क) का निर्वाचित सांसद हुन् । नेपालीको निर्वाचन क्षेत्रअन्तर्गत बुलिङटार १ र २, देवचुली ४, १६ र १७ र गँैडाकोट नगरपालिका पर्दछन् ।
सडकतर्फ
सडकतर्फ भेडबारी, दमार बसेनी हुँदै बुलिङटारसम्मको प्रदेश स्तरीय सडकका लागि ४ करोड बजेट रहेको छ । यसैगरी गैँडाकोटको चक्रपथको निरन्तरताका लागि ६५ लाख,  नन्दन कालिका मार्ग गैँडाकोट ८ का लागि ६५ लाख, गैँडाकोट १ देखि ३ को हर्दी हुँदै तनहुँको देवघाटसम्मका लागि ६५ लाख, गैँडाकोट १४ भागर, हुर्जिल, आले हुँदै बुलिङटारसम्मका लागि ६५ लाख, कुस्मेनी पुलदेखि झाँक्रे शान्ति गैरा देवचुली ४ सम्मका लागि ६५ लाख, रजहर, पचाहा बाह्रकोल छरछरे हुँदै बुलिङका लागि ६५ लाख, कुस्मेनी पुलदेखि झाँक्रेसम्मका लागि ६५ लाख र जगदम्बा पेट्रोलपम्पदेखि गँैडाकोट १५ का लागि ६५ लाखको योजना गण्डकी प्रदेशबाट परेको प्रदेश सभासद नेपालीले बताउनुभयो ।
सतह सिँचाइतर्फ
सतह सिँचाइतर्फ पनि बजेट विनियोजन गरिएको छ । नगरटाँडी सिँचाइ गैँडाकोट १४ का लागि ९० लाख, भेडाबारी सिँचाइ गैँडाकोट ११ मा २५ लाख, अमरापुरी सिँचाइ गैँडाकोट १५ मा २५ लाख, तालकुलो सिँचाइ बुलिङटार २ मा २५ लाख र रजहर अमरापुरी बृहत् सिँचाइ अध्ययनका लागि ८ लाख ४६ हजार बजेट रहेको छ ।
पुलतर्फ
पुलतर्पm गँैडाकोट ७ र ९ जोड्ने जयश्री खोलामा पुलका लागि ७५ लाखको योजना रहेको छ ।
खानेपानीतर्फ
खानेपानीतर्पm गण्डकी प्रदेशबाट यस क्षेत्रमा करिब ९ वटा योजना परेका छन् । बरटाँडी खानेपानी योजना देवचुली १७ का लागि ९० लाख, गायटाँडी खानेपानी योजना गैँडाकोट १४ का लागि २५ लाख, आँपचौर खानेपानी योजना देवचुलीका लागि २४ लाख, डाँडाझेरी खानेपानी योजना बुलिङटार २ का लागि २२ लाख, गहटाँडी खानेपानी योजना गैँडाकोट १४ का लागि २० लाख, भागर खानेपानी योजनाका लागि १ करोड र ढोडेनी खानेपानी योजनाका लागि १ करोड २५ लाख बजेट परेको छ ।
तटबन्धनतर्फ

जयश्री पुल माथि र तल गैँडाकोट ७ मा तटबन्धनका लागि ३५ लाख र मिनि झराही खोलाको पुछारमा नारायणी नदीमा तटबन्धनमा ३० लाखको बजेट परेको छ ।
डिप ट्युबेलतर्पm
डिप ट्युबेल बोरिङका लागि गैँडाकोट ३ मा डिप ट्युबेल सिँचाइ प्रणालीका लागि ६ लाख, छहारी डिप ट्युबेल सिँचाइ प्रणाली गँैडाकोट ८ मा ६ लाख, रजहर ८ गैरीपुरमा १६ लाख, नमुना कृषक डिप ट्युबेल सिँचाइ प्रणाली देवचुली १७ मा २० लाख, आँपचौर रजहर बगडि खेत भूमिगत सिँचाइ देवचुली १७ मा ४५ लाख, कृषक भूमिगत डिप ट्युबेल सिँचाइ योजना गैँडाकोट १५ मा ४५ लाख, एकता डिप ट्युबेल सिँचाइ योजना देवचुली १७ मा ४५ लाख, थामवेसी डिप ट्युबेल सिँचाइ योजना बुलिंगटार १ मा ४५ लाख, शिवनगर डिप ट्युबेल सिँचाइ योजना गँैडाकोट ६ मा ४५ लाख, हरियाली कृषक समूह देवचुलीका लागि २० लाख, प्रगतिशील डिप ट्युबेल सिँचाइ योजना देवचुली १६ का लागि ५ लाख र मिलिजुली शान्ति डिप ट्युबेल सिँचाइ योजना देवचुली १७ मा ४५ लाखको योजना रहेका छन् ।
स्यालो टुयुबेल बोरिङतर्फ
यसैगरी स्यालो टुयुबेल बोरिङतर्फ थरटाँडी मेसिनड्रिल स्यालो ट्युबेल गैँडाकोट ११ मा ३० लाख, कुजौली मेसिनड्रिल स्यालो ट्युबेल  देवचुली १७ मा ३० लाख र एकीकृत मेसिनड्रिल स्यालो ट्युबेल देवचुली ४ मा २५ लाख बजेट विनियोजन भएको छ ।
सशर्त अनुदानतर्फ
सशर्त अनुदानतर्फ ढोडेनी बहुआयामिक सभाहल भवन गैँडाकोट ३ मा १ करोड तथा देवचुली ३ र ४ को रेखा पञ्जियारको घरदेखि शान्ति गैरासम्मको सडक कालोपत्रेका लागि (सपपूरक) १ करोड विनियोजन भएको छ ।

Share.

Leave A Reply