गण्डकी प्रदेशको चार महिनाको विकास खर्च निराशाजनक

0


गैँडाकोट, ८ मंसिर । यस आर्थिक वर्षको पहिलो चार महिनामा गण्डकी प्रदेशको विकास खर्च निराशाजनक रहेको छ । गण्डकी प्रदेशले यस वर्ष २४ अर्ब २ करोड ३३ लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । जस मध्ये पूँजीगत बजेट १५ अर्ब ९० करोड ७८ लाख रहेको थियो । यस अवधिमा जम्मा २ करोड ७५ लाख मात्रै खर्च गरेको देखिन्छ । सबै भन्दा बढी खर्च गर्नेमा प्रदेश ३ देखिन्छ । प्रदेश ३ ले १ प्रतिशत अर्थात २२ करोड ६४ लाख खर्च गरेको छ । प्रदेश ३ को विनियोजित बजेट ३५ अर्ब ६१ करोड रहेको थियो । प्रदेश ५ गण्डकी प्रदेशको भन्दा १ लाख बढी खर्च गरेको छ । विनियोजित बजेट २८ अर्ब ९ करोड रहेको छ भने प्रदेश ५ को विकास खर्च २ करोड ७६ लाख रहेको छ । कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश १ को विकास खर्च शुन्य रहेको छ । केन्द्र सरकारको विकास खर्च ८.३८ प्रतिशत रहेको छ । (कान्तिपुर)

Share.

Leave A Reply