गंैडाकोट नगरपालिकाद्धारा विद्यालयहरुसँग तथ्याङक माग

0


डोलराज रानाभाट
गैँडाकोट, १६ बैशाख । गैडाकोट नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई अव कडाई गरिने भएको छ । गैडाकोट नगरपालिकाकाले नगरक्षेत्रभित्र रहेका सवै सामुदायिक तथा नीजि विद्यालयहरुसँग तथ्याङ्क माग गरेसँगै अव विद्यालयहरु नियममा चल्ने भएको छ ।

कतिपय नीजि तथा सामुदायिक विद्यालयहरुले शुल्क बढि लिने गरेको, दर्ता नगरी माथिल्ला कक्षाहरु संचालन गरेको गुनासा आउने गरेको विभिन्न ठाउँमा अव नगरपालिकाकाले कडाई गर्ने भएको हो  ।

वैशाख २५ गतेभित्र विद्यालयको सम्पूर्ण तथ्याङ्क उपलब्ध गराउन गैडाकोट नगरपालिकाले पत्रनै काटेको छ । उपसचिव बालकृष्ण चापागाईद्धारा हस्ताक्षर गरि पठाइएको पत्र अनुसार आगामी योजना निर्धारणका लागि आवश्यक भएकाले सवै तथ्याङ्क माग गरिएको भनिएसँगै भर्न दिइएको फारमको ढाँचाले विद्यालय नियममा चल्न वाध्य हुनेछ ।

पत्रमा पठाइएको ढाँचा अनुसार  विद्यालयको नाम ठेगाना, स्वीकृत प्राप्त कक्षा र तह, संचालन भएका कक्षा, जम्मा विद्यार्थी, कक्षागत विद्यार्थी, जम्मा शिक्षक संख्या, दरवन्दी संख्या, स्थायी अस्थायी शिक्षकहरुको विवरण,विद्यालयका कक्षाकोठा, विद्यार्थीबाट लिइएको शुल्क, अभिभावकबाट लिइएको सहयोग शुल्क सवै खुलाउनुपर्ने गरि विवरण मागिएको छ ।

विद्यार्थीबाट लिने शुल्क चर्को भएको गुनासो आउँदा यो तथ्याङ्क भरेपछि धेरै कुरा पत्ता लाग्नेभएको छ । विद्यार्थीबाट लिइने विभिन्न शुल्कहरु खुलाएर तथ्याङ्क पठाउनुपर्ने पत्रमा भनिएको छ ।

Share.

Leave A Reply