खैरहनी नगरपालिकाको बजेट ८२ करोड, शिक्षमा १९ दशमलब ३८ प्रतिशत

0


चितवन, १० असार । चितवनको  खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साँढे ८२ करोडको बजेट सार्वजनिक गरेको छ ।  पाँचौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६० लाख ५२ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । खैरहनी नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख सुनिता खरेल थपलियाले बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ४३ करोड ७४ लाख १२ हजार र पुँजीगत खर्च ३८ करोड ८६ लाख ४० हजार रहेको छ । क्षेत्रगत रुपमा शिक्षामा १९.३८ प्रतिशत, स्वास्थ्यमा ३.४१ प्रतिशत, सामाजिक सुरक्षा कार्यक्रममा १२.११ प्रतिशत, आर्थिक विकासमा ५.७२ प्रतिशत, सामाजिक विकासमा ४.६५ प्रतिशत, पूर्वाधारमा ४०.२७ प्रतिशत, वन वातावरण सरसफाइ तथा विपद व्यवस्थापनमा १.८६ प्रतिशत, विभिन्न कोष तथा म्याचिङ फण्ड ४.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

Share.

Leave A Reply