खान पुगोस् दिन पुगोस

0

गैंडाकोट
नारी कल्याण एकल महिला पैरवी मञ्च गैंडाकोटले देबघाट तनहुँमा रहेका वृद्धवृद्धलाई भोजन तथा फलफूल वितरण गरेको छ ।
नारी कल्याण एकल महिला पैरवी मञ्च गैंडाकोटको १४ औ वार्षिकोत्सवको अवसरमा समाज कल्याण वृद्धाश्रममा रहेको वृद्धवृद्धलाई एकदिनको भोजन गराउनुका साथै फलफूल वितरण गरेको मञ्चकी अध्यक्ष लक्ष्मि भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा देवघाट क्षेत्र विकास समितिको सदस्य विष्णुप्रसाद सापकोटा, व्यवस्थापक ढकराज कोईराला लगायत नारी कल्याण एकल महिला पैरवी मञ्चमा आवद्ध एकल महिलाको उपस्थिती रहेको थियो ।

मञ्चले २०६१ सालमा नेपालमा नै पहिलो पटक औपाचारिक रुपमा रातो पहिरन अभियान शुरु गरेको थियो । सोही दिनको स्मरण गर्दै मञ्चले वार्षीकोत्सव मनाउँदै आएको छ । हरेक वर्ष रचनात्मक सहयोग गर्दै आएको मञ्चले अभियानकै रुपमा एकल महिलालाई रातो लगाउने परम्पराको थालनी गरेपछि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको मञ्चकी सचिव रुपा गिरीले जानकारी दिनुभयो ।
एकल महिला पैरवी मञ्चमा गैंडाकोटका ३० जना महिला संगठित भई विविध कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

Share.

Leave A Reply