क्षेत्रिय रोटरीयनहरु गैंडाकोटमा भेला, क्षेत्रिय कार्यनीति बनाउँदै

0

प्रेम क्षेत्री
गैंडाकोट । क्षेत्रिय रोटरीयनहरु गैंडाकोटमा भेला भएका छन् । नवलपुर, चितवन, मकवानपुर, पर्सा जिल्लाका रोटरियनहरु क्षेत्रिय कार्यनीति योजना तर्जुमा कार्यशालाका लागि भेला भएका हुन् । उनिहरुले रोटरियनहरुको क्षेत्रिय कार्यनीति तय गर्नेछन् । गैंडाकोट सहमती संस्थामा भएको सो कार्यक्रममा रिजन ६ अन्र्तगतका १२ वटा रोटरी क्लबका पदाधिकारीको उपस्थिती रहेको छ । कार्यशालाबाट हरेक क्लबको आगामी ५ वर्षको कार्यनीति तय गरिने रोटरी क्लब अफ गैंडाकोटका ईलेक्टेड प्रेसिडेन्ट करुणासागर सुवेदीले जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै डिस्ट्रिक स्ट्राटेजिक प्लानिङ कमिटिका चेयरम्यान प्राध्यापक डाक्टर विश्व केशर मास्केले रोटरीको लक्ष्य र उद्देश्यमा अगाडी वढ्न यो कार्यशाला एउटा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
त्यस्तै डिस्ट्रिक स्ट्राटेजिक प्लानिङ कमिटिका को–चेयरम्यान वाशुदेव न्यौपानेले सामाजिक विकासमा क्रियाशिल हुने खालको नीति बनोस् भन्दै गहन छलफलका लागि सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पुर्व डिस्ट्रिक गर्भनर रविन्द्रकुमार पिया, ईलेक्टेड डिस्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ, पुर्व एसिस्टेन्ट गर्भनर निरञ्जन प्रधान, मित्रराज दवाडी, ए.जि.ई. चन्द्रमान श्रेष्ठ, अनिल थपलिया, ए.जि. रमेश श्रेष्ठ, डा. कृष्णराज भुर्तेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


सो अवसरमा रोटरी क्लब अफ गैंडाकोटका उपाध्यक्ष राजेन्द्रप्रसाद उपाध्यायले पि.एच.एफ. फन्ड वापतको ३० हजार रुपैंया रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम संयोजक अशेष भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण रोटरी क्लब अफ गैंडाकोटका ईलेक्टेड प्रेसिडेन्ट करुणासागर सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ विरगञ्ज, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ विरगञ्ज मेट्रोपोलिस, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ कावासोती, रोटरी क्लब अफ हेटौंडा, रोटरी क्लब अफ मकवानपुर, रोटरी क्लब अफ बर्दिवासबाट प्रतिनिधीहरुको उपस्थिती रहेको छ ।

Share.

Leave A Reply