क्लीन सिटी अभियान – गैँडाकोट ७

0

गैँडाकोट, ७ भदौ । गैँडाकोट नगरपालिकामा जारी क्लीन सिटि अभियान कार्यक्रम अन्तर्गत आज गैँडाकोट ७ मा सफाई अभियान भएको छ । गैँडाकोट ७ मा रहेका पाँचवटा टोल विकास संस्थाको अगुवाईमा आज सफाई अभियान गरिएको हो । गैँडाकोट १ देखि सुरु भएको यस अभियान अन्तर्गत गते अनुसार आफ्नो वडामा सफाई अभियान जारी रहेको छ ।

भदौ १ गते गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल र गैँडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले गैँडाकोट १ को मिलन चोकमा झाडु लगाएर अभियानको सुरुवात गरेका थिए । झाडु लगाउनु पूर्व गैँडाकोटलाई क्लीन सिटी बनाउन नीतिगत व्यवस्था गर्ने र नगरबासीको पूर्ण आवश्यक रहेको नगरप्रमुख र उपप्रमुख दुवैको भनाइ थियो । प्रमुख छत्रराज पौडेलले नियम र कानुन नबनाई यस अभियान सुरु गरे पनि यस अभियानले नगरको सुन्दरता बढाउने बताउनुभएको थियो ।

यसैगरी उपप्रमुख विष्णुकुमारी पौडेलले आफूले डिस्पोज अथवा व्यवस्थापन गर्न नसक्ने फोहोर सिसा, ब्याट्रिजस्ता फोहोर मात्रै नगरपालिकाको गाडीमा चढाउन आग्रह गर्नुभएको थियोे । क्लीनसिटि अभियान गते अनुसार आफ्नो वडामा गर्ने कार्यतालिका रहेको गैँडाकोट नगरपालिकाले जनाएको छ ।

Share.

Leave A Reply