पार्टी एकताको छलफल जारी

0


काठमाडौँ, २१ बैशाख ।  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी र्शा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकताका विषयमा आज पनि छलफल हुँदैछ । हिजो भएको छलफल सहमति नजिक पुगेको र आज थप छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   हिजो माओवादी अध्यक्ष प्रचण्डले नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी एकताका बारेमा बहुपक्षीय छलफल भएको छ । दुई पार्टी एकताका लागि बनेका दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेका छन् भने एकता संयोजन समितिले पनि आफ्नो काम सकेको अवस्थामा अझैँ दुई दलबीच एकता हुन सकेको छैन । दुई दलका शीर्ष नेताहरुबीच भोलि २२ गते एकताको मिति घोषणा गर्ने बारेमा छलफल भएको थियो । तर, टुङ्गो भने लागि सकेको छैन ।

Share.

Leave A Reply