कोइराला, नेपाली र जिशीको एउटै स्वर ः नवलपुरको विकासमा पर्यटनको आधार

0


गैँडाकोट, ८ मंसिर । नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वि नवलपरासी १ का प्रतिनिधि सभाका उम्मेदवार डा. शंशाक कोइरालाले नवलपुरको विकासका लागि पर्यटनका आधारको खोजी गरिएको बताउनुभएको छ । पूर्वि नवलपरासीको पहाडी क्षेत्रमा प्रचुर सम्भावनाको क्षेत्र रहेकाले सडक निर्माणका लागि पहिलो प्राथमिकतामा राखीने बताउनुभयो । बुलिंगटार, रतनपुर लगायतका पहाडी क्षेत्रलाई पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय परिचय दिइने कोइरालाले बताउनुभयो । यस्तै चुनावि अभियानमा रहनुभएका प्रदेश १ क का उम्मेदवार कृष्णचन्द्र नेपालीले नवलपुरको जैविक विविधता र प्राकृतिक सौन्दर्यले संसारभरका पर्यटकलाई आकर्षण गर्न सकिने बताउनुभएको छ । यस्तै प्रदेश ख का उम्मेद्वार महेन्द्रध्वज जिशिले आगामी १० वर्षमा ३२ लाख पर्यटकलाई स्वदेश भित्राउने नेपाली काँग्रेसको लक्ष्य रहेकाले पनि नवलपुरमा प्रचुर मात्रामा पर्यटक भित्राइने र समृद्धिको बाटोमा अघि लगिने बताउनुभएको छ । नवलपुर १ र २ दुवै क्षेत्रमा भएका चुनावी अभियानमा उनिहरुले पर्यटनको सम्भावना केलाएका छन् । चुनावी अभियानलाई तिव्रता दिइरहको काँग्रेसले शुक्रबार गँैडाकोट १२ र १३ मा घरदैलो कार्यक्रम गरेको छ । यस्तै काँग्रेसले क्षेत्रीय प्रतिनिधि टिकाराम चौधरीको गँैडाकोट १३ मा शोकसभा गरेको छ । १३ औँ पुण्यतिथिमा डा. कोइराला र कृष्णचन्द्र नेपाली दुवैको सहभागिता रहेको थियो । यस्तै भूपू सैनिकहरुसंग पनि कोइरालाले आज भेटघाट गर्नुभएको गैँडाकोट नगरसभापति तारापति खरेलले बताउनुभयो । यस्तै गैँडाकोट १८ रतनपुरमा समानुपातिकका उम्मेदवार बालकृष्ण बकावल, नगरसभापति तारापति खरेल, गजेन्द्र आलेमगर लगायतको टोलीले घरदैलो कार्यक्रम गरेको छ ।

Share.

Leave A Reply