कैलाश सन्यास आश्रमको स्तरोन्नती होस्ः सरोकारवाला (भिडियो र तस्विर सहित )

0

लक्ष्मी पौडेल
दाउन्ने २६ चैत ।


नवलपरासीको प्रसिद्ध धार्मीक पर्यटकीय क्षेत्र दाउन्ने डाँडामा रहेको कैलाश सन्यास आश्रमको स्तरोन्नती गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ज्येष्ठ नागरीक कल्याणकारी प्रतिष्ठान नेपालको टोलीले शुक्रबार आश्रम क्षेत्रको अवलोकन गरी पानी, र बाटो र पर्यटकलक्षीत स्वास्थ्य केन्द्रको आवश्यकता बढी रहेको निष्कर्ष निकालेको छ ।

प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद तिवारी, वरिष्ठ साहित्यकार गोविन्द राज विनोदी, महिला तथा बालबालीका कार्यालय नवलपरासीकी प्रमुख उवर्रा लुईटेल लगायतको टोलीले नवलपरासीको परिचय बोकेको कैलाश सन्यास आश्रमको स्तरउन्नती गर्न सके पर्यटकीय पदमार्गको सम्भावना रहेको निष्कर्ष निकालेको हो । साहित्यकार लकास पौडेल

 

प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद तिवारीले छिमेकी जिल्ला सहित अन्य देशका पर्यटकलाई पन आकर्षीत गर्न बाटोको स्तरोन्नती र खानेपानीको व्यवस्था मुख्य आवश्यकता रहेको बताउनुभयो ।

२०४१ सालमा परमानन्द सरस्वती जी महाराजले स्थापना गरेको कैलाश सन्यास आश्रम क्षेत्र दाउन्नेदेवी मन्दीर जाने बाटोबाट उत्तरतर्फ पहाडमा पर्छ ।

दाउन्नेको फेदीबाट करिव १ घण्टाको पैदल दुरीमा रहेको यो क्षेत्रमा साउन महिनामा बोलबम मेला लाग्ने गदर्छ । मन्दीरका मुख्य संरक्षक पुजारी ओम बाबा

बर्षौ पहिले परमानन्द सरस्वती जी महाराजले थुम्का बनाई सुरु गरेको कैलाश क्षेत्र अहिले महत्वपुर्ण धार्मीक क्षेत्रका विकसीत भएको छ । यस क्षेत्रको विकासका लागी न्युनतम पुर्वाधार तयार पार्न स्थानीयले आवाज उठाईरहेका छन् । पुजारी कृष्ण प्रसाद तिवारी

गैँडाकोट ४ का नारायण प्रसाद अर्यालले आश्रम क्षेत्रमा स्वास्थ्य चौकीको आवश्यकता रहेको बताउनुभयो ।

अवलोकन तथा कविता वाचनका लागी गएको टोलीले कैलाश सन्यास आश्रम महत्वपुर्ण पर्यटकीय सम्भावना भएको क्षेत्र रहेको भन्दै यसको प्रचार प्रसार तथा स्थानीय निकायले पबद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । साहित्यकार लकास पौडेल

कविता वाचन कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, गोविन्द कोईराला, लकास पौडेल, डि, आर पोखरेल, लक्ष्मी बराल, रामकृष्ण चालीसे लगायतले कविता तथा आफ्नो रचना वाचन गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=n8uGxSjOFWU&feature=youtu.be

 

Share.

Leave A Reply