के के छन ? गैँडाकोटले लिएको आगामी वर्षको नीति तथा कार्यक्रम, बजेट अर्को साता मात्रै आउने (हेर्नुहोस विस्तृतमा)

0

प्रेम क्षेत्री
गैंडाकोट

गैंडाकोटले लिएको नीति
 राजश्व तथा स्रोत परिचालन नीति
 सुशाासनको प्रत्याभूति एवं सहज सेवा प्रवाह नीति
 सहरी पूर्वाधार विकास नीति
 आर्थिक विकास नीति
 सामाजिक विकास तथा समावेशी लक्षित कार्यक्रम
 वन वातावरण स्वास्थ्य र सरसफाइ

गैंडाकोट नगरका प्राथमिकता
 समृद्ध गैँडाकोट अभियान
 कर, दस्तुर सेवा शुल्कका क्षेत्रहरुको दायरा फराकिलो
 डिजिटल वडापत्र, हेल्प डेक्स व्वयस्था, अनलाइनबाट फारम भर्ने व्यवस्था
 हेल्लो मेयर गैंडाकोट कार्यक्रमको थालनी
 उज्यालो नगर कार्यक्रम
 कालीगण्डकीको पानी गँैडाकोटको लगानी
 कालीगण्डकीमा बाँध बाँधी सुरुङको माध्यमबाट थुम्सीमा पावर हाउस निर्माण सम्भाव्यता अध्ययन
 नगरका सबै क्षेत्रमा एक घर एक स्वच्छ खानेपानी धारा
 किसानहरुलाई निःशुल्क भेटनरी सेवा
 पशु बिमा, कृषि तथा पशु हाट बजारको व्यवस्था
 वडा नम्बर १ र १३ लाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने
 हर्दी, केलादी, ढोडेनी, गडम्दी र दमारमा पशुपालन र नगदेबाली केन्द्र स्थापना
 वडा नम्बर १६ र १७ मा कृषि पर्यटन केन्द्र
 ज्येष्ठ नगारिकलाई संरक्षण र सम्मान
 बालमैत्री, पूर्ण सरसफाइयुक्त नगर
 नेपाल विश्वविद्यालय स्थापनाका लागि केन्द्र र प्रदेशमा पहल
 पितौजीघाट स्वास्थ्य चौकीलाई २५ शैøयाको अस्पतालका रुपमा विकास गर्ने
 ज्येष्ठ नागरिक आरोग्य केन्द्र स्थापना
 सुत्केरी आमा पोसिलो खाना कार्यक्रमलाई प्राथमिकता
 ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच
 नगरप्रमुख कप क्रिकेट र उपप्रमुख कप भलिबल तथा फुटबल प्रतियोगिता सञ्चालन
 सफा गैंडाकोट अभियानअन्तर्गत सरसफाइ उत्सव
 अव्यवस्थित होर्डिङ बोर्ड, सडकमा राखिएका ठेला, पसल र फुटपाथ हटाइने
 एक घर दुई विरुवा र दुई गमला अभियान
 विभिन्न १० विधामा सम्मान
नवलपरासी (वर्दघाट सुस्तापुर्व) गैँडाकोट नगरपालिकाले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
श्रीराम पार्टी प्यालेसमा आयोजित गैँडाकोट नगरपालिकाको तेस्रो नगरसभामा नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी वर्ष २०७५÷२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले कार्यक्रमको अध्यक्षता गरिरहेका कारण उहाँले नीति तथा कार्यक्रम उपप्रमुखलाई प्रस्तुत गर्न दिनुभएको थियो । नगरपालिकाले यसअघि घोषित केही पुराना कार्यक्रमलाई प्राथामिकता दिदैं नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
गैंडाकोट नगरपालिकाको समृद्ध नगरको यात्रा र यो अभियान पूरा गर्न आगामी २०७५÷०७६ मा अवलम्बन गर्ने कार्यक्रम र योजनाहरु प्रस्तुत गरेको नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । सुखी नेपाली समृद्ध नेपाल, संघीय सरकारको नारालाई आत्मसात् गर्दै गैँडाकोट नगरपालिकाले तय गरेको समृद्ध गैँडाकोटको अभियानलाई पूरा गर्ने गरी आगामी १ वर्षका लागी नीति तथा कार्यक्रम प्रस्तुत भएको पौडेलले जानकारी दिनुभयो ।
नगर सभामा नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीलाई सुखी र समृद्ध बनाउन अघि बढेको बताउनुभयो । नगरपालिकालाई अघि बढाउन प्रदेश र संघिय सरकारसँग समन्वय गरी अघि बढ्ने उपप्रमुख कंडेलले बताउनुभयो ।
नीति तथा कार्यक्रममा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमसम्बन्धी नीतिगत व्यवस्थामा रहेर राजश्व तथा स्रोत परिचालन नीति, सुशाासनको प्रत्याभूति एवं सहज सेवा प्रवाह नीति, सहरी पूर्वाधार विकास नीति, आर्थिक विकास नीति, सामाजिक विकास तथा समावेशी लक्षित कार्यक्रम र वन वातावरण स्वास्थ्य र सरसफाइ समावेश गरिएको छ ।
राजश्व तथा स्रोत परिचालन नीतिअन्तर्गत मुलुकको आन्तरिक स्रोतको उच्चतम परिचालनका लागि कर, दस्तुर सेवाशुल्कका क्षेत्रहरुको दायरा फराकिलो बनाउँदै करदातालाई करको सदुपयोग भएको महसुस गराउने उल्लेख छ । मुलुक संघीय संरचना कार्यान्वयनको दिशामा अघि बढेको सन्दर्भमा तीनवटै स्थानीय तह बीच साझेदारी गरी अन्तरसम्बन्ध स्थापना, स्रोत र साधनको बाँडफाँड, राजश्व परिचालनजस्ता विषयहरु थप स्पष्ट हुँदै जाने उहाँले उल्लेख गर्नुभयो ।
सुशाासनको प्रत्याभूति एवं सहज सेवा प्रवाह नीतिअन्तर्गत नगरबासीलाई सुशासन र पारदर्शिताको प्रत्याभूति गराउन डिजिटल वडापत्र निर्माणदेखि हेल्प डेक्स व्वयस्था, अनलाइनबाट फारम भर्ने पद्धति र वेबसाइट प्रयोगमा ल्याउने भनिएको छ । नगर क्षेत्रका सञ्चार माध्यमसँगको सहकार्यमा हेल्लो मेयर गैंडाकोट कार्यक्रमको थालनी गरिने उल्लेख छ ।
सहरी पूर्वाधार विकास नीतिअन्तर्गत उज्यालो नगर कार्यक्रम अभियानलाई अझ प्रभावकारी सञ्चालनको व्यवस्था मिलाइने बताईएको छ । गैँडाकोटको लगानी प्रवद्र्धन र आकर्षित गर्दै विद्युत् उत्पादनमा जोड दिन कालीगण्डकीको पानी गँैडाकोटको लगानी कार्यक्रमको दीर्घकालीन अवधारणअनुरुप कालीगण्डकीमा बाँध बाँधी सुरुङको माध्यमबाट थुम्सीमा पावर हाउस निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरिने गैंडाकोटको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरका सबै क्षेत्रमा ‘एक घर एक स्वच्छ खानेपानी धारा’ सेवा प्रवाहका लागि काम थाल्ने छ ।
यस्तै आर्थिक विकास नीतिअन्तर्गत नगरभित्र विभिन्न खाद्यान्न बाली तथा नगदे बालीका लागि विशेष पकेट क्षेत्र तोकी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने, कृषि र उत्पादनमा वृद्धि गर्न नगरका विभिन्न वडालाई पशुपालन र नगदेवाली केन्द्रका रुपमा अघि बढाइएको जनाइएको छ । किसानहरुलाई निःशुल्क भेटनरी सेवा उपलब्ध गराउने, पशु बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन, कृषि तथा पशु हाट बजारको व्यवस्था गरिने उल्लेख छ ।
वडा नम्बर १ र १३ लाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने, हर्दी, केलादी, ढोडेनी, गडम्दी र दमारलाई पशुपालन र नगदेबाली केन्द्र र वडा नम्बर १६ र १७ लाई कृषि पर्यटन केन्द्रका रुपमा विकसित गर्ने गैंडाकोट नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
समाजिक विकास तथा समावेशी लक्षित कार्यक्रमअन्तर्गत सेवाग्राहीहरुको सन्तुष्टि मापन गर्ने संयन्त्रको स्थापना गर्ने, ज्येष्ठ नगारिकलाई संरक्षण र सम्मानको नीति ल्याइने जनाइएको छ । नगरपालिकालाई बालमैत्री, पूर्ण सरसफाइयुक्त नगर बनाउन पहल गर्दै स्मार्ट सिटीको अवधारणामा अगाडि बढाउँदै लग्ने जनाइएको छ । नेपाल विश्वविद्यालय स्थापनाका लागि केन्द्र र प्रदेशमा आवश्यक पहल गरिने छ । पितौजीघाट स्वास्थ्य चौकीलाई २५ शैøयाको अस्पतालका रुपमा विकास गर्ने, ज्येष्ठ नागरिक आरोग्य केन्द्र स्थापना कार्य अघि बढाउने छ । सुत्केरी आमा पोसिलो खाना कार्यक्रमलाई प्राथमिकता दिँदै ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाइने छ । खेल क्षेत्रका विकासका लागि गैंडाकोट ३, ४ र ८ को भेलरघारीमा क्षेत्रीय रंगशालाको स्तरोन्नति, नगरप्रमुख कप क्रिकेट प्रतियोगिता, अन्तर माविस्तरिय उपप्रमुख कप भलिबल तथा फुटबल प्रतियोगिता सञ्चालन गर्ने भनिएको छ ।
नगर सभामा नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वन वातावरण स्वास्थ्य सरसफाइअन्तर्गत सफा गैंडाकोट अभियान सञ्चालन गरिने बताउनुभयो । हरेक वडामा सोही वडाको सङ्ख्याकै गतेका दिन उत्सवका रुपमा सरसफाइ उत्सव गर्ने उल्लेख गर्नुभयो । नगरपालिकाले अव्यवस्थित होर्डिङ बोर्ड, सडकमा राखिएका ठेला, पसल, फुटपाथ हटाउने छ । एक घर दुई विरुवा र दुई गमला अभियान ल्याइनेछ ।
त्यस्तै गैंडाकोट वर्ष व्यक्तित्व कार्यक्रम अन्र्तगत विभिन्न १० विधामा सम्मानको कार्यक्रम राखिएको छ । खेलाडी, उत्कृष्ट करदाता, कर्मचारी, विशिष्ट विधा वर्ष, पत्रकारिता, विद्यार्थी÷विद्यालय, युवा, आयुष्मान् विधा, उत्कृष्ट योजना विधा, टोल विकास संस्था उत्कृष्ट वर्ष व्यक्तिलाई सम्मान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरसभामा विभिन्न ४ थप प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा न्यायिक समितिको प्रतिवेदन, नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको प्रतिवेदन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५, लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको नगरपालिकाका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत लीलाधर शर्माले जानकारी दिुनभयो ।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा गैंडाकोटका वडाअध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको थियो । वडा नम्बर १४ का वडा अध्यक्ष कोकीसरा रानामगरले स्वागत गर्नुभएको सो कार्यक्रमको सहजीकरण नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले गर्नुभएको थियो ।

 

बजेट अर्को साता मात्रै आउने

गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले तोकिएको समयावधिभित्र नगरको बजेट ल्याउन सकेन ।
अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरमा पेस गर्नुपर्छ । गैडाकोट नगरपालिकाले तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम ल्याए पनि तोकिएको समयभभित्र बजेट ल्याउन नसकेको हो ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट ल्याएका छन् । तर गैंडाकोटमा त्यसको तयारी नपुगेपछि बजेट आउन नसकेको हो । बजेट बनाउने जिम्मा पाएका समितिहरुले समयमा नै काम गर्न नसकेको जनाइएको छ ।
विषयगत हिसाबले वडा वडाबाट आएका योजनाहरुलाई प्राथमिकीकरण गरी आ–आफ्ना कार्यक्षेत्रभित्र रहेर बजेट विनियोजन गर्न ५ वटा समितिलाई जिम्मा दिइएको थियो । बजेट विनियोजनको जिम्मा पाएका आर्थिक समिति, सामाजिक समिति, वन वातावरण समिति, पूर्वाधार विकास समिति र सुशासन समितिले समयमा नै बजेट तय गर्न नसक्दा बजेट आउन नसकेको गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले बताउनुभयो । तर उहाँले छिट्टै नै बस्ने अर्को बैठकमा बजेट आउने बताउनुभएको छ । असार १७ गते ११ बजे श्रीराम पार्टी प्यालेसमा नै बस्ने तय भएको उहाँले बताउनुभयो ।
आइतबार नीति तथा कार्यक्रम ल्याए पनि सार्वजनिक हुन नसकेको बजेट १७ गते को नगरसभामा प्रस्तुत गर्ने तयारी नगरपालिकाले गरेको छ ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बजेटका विषयमा छलफल भएको बताउँदै विस्तृत रुपमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले १७ गतेको बैठकमा बजेट प्रस्तुत गर्ने बताउनुभयो । उहाँले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमका आधारमा बजेट आउने बताउनुभएको छ ।
नगर प्रमुखका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम आपूmले अध्यक्षता गरिरहेका कारण उपप्रमुखलाई प्रस्तुत गर्न दिइएको उहाँले बताउनुभयो । प्रस्तुत गरिएका नीति तथा कार्यक्रम एक वर्षभित्र पूरा गर्ने गरी अघि बढाइएको बताउँदै यो नीति तथा कार्यक्रमले समृद्धिको यात्रा पूरा हुने बताउनुभयो । नगर क्षेत्रभित्र देखिएका तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्याहरु पहिचान गर्दै समाधान गर्ने तरिकाले अघि बढेको बताउनुभयो ।

Share.

Leave A Reply