केसीको अनशनको औचित्य छैन ः नेता पौडेल

0

 

गैंडाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल सुनीलले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गर्दैमा टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।

विजय खबरसँग कुराकानी गर्दै उहाँले संसदबाट चिकित्सा शिक्षा विधेयक पास भइसकेको अवस्थामा अब डा. गोविन्द केसीको अनशनको कुनै औचित्य नभएको समेत बताउनुभयो । डा. केसीका ९५ प्रतिशत माग पूरा भइसकेको जनाउँदै उहाँले डा. केसीको अनशनको कुनै तुक नरहेको समेत बताउनुभयो । विधेयक जनताको पक्षमा नै आएको र जनताका निम्ति नै पारित गरिएको उहाँको भनाइ थियो । कांगेसको विरोध पनि औचित्यहीन रहेको उहाँले बताउनुभयो ।
नेता पौडेलले पछिल्लो समय पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएकोमा दुःख समेत व्यक्त गर्नु भएको छ । उहाँले जिल्ला तथा स्थानीय तहसम्म समेत एकीकरण र कार्य विभाजनको काम सातदेखि १५ दिनसम्म सम्पन्न भइसक्ने बताउनुभयो ।
बागलुङको निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित नेता पौडेलले गण्डकी प्रदेश आफैमा सुन्दर प्रदेश रहेको जनाउँदै यसको विकासका निम्ति यहाँको पर्यावरण र पर्यटनको बिकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजनाको कालिगण्डकी करिडोरको काम पनि दु्रत गतिमा चलेको जनाउँदै तीन वर्षभित्र काम सकिने समेत बताउनुभएको छ । विभिन्न चरणमा बजेट विनियोजन गरिएको र यसका लागि छलफल पनि चलिरहेको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा उहाँले तत्कालै सरकार परिवर्तन फेरबदलको सम्भावना नरहेको जनाउँदै आवश्यक परेको खण्डमा प्रचण्ड प्रधानमन्त्रीको दाबेदारसमेत रहेको बताउनुभयो । उहाँले आपूm पनि मन्त्रीको दाबेदार रहेको बताउनुभयो ।

Share.

Leave A Reply