केन्द्रको अधिकार गाउँ गाउँमा ल्याउनु नै सफलताः माओबादी केन्द्र गैँडाकोट ।

0

गैँडाकोट ६ जेठ ।
नेकपा माओबादी केन्द्र गैँडाकोटले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुने सबैलाई धन्यबाद ज्ञापन गरेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएसंगै माओबादी केन्द्रको एजेन्डामा पार्टी सफल भएको जनाएको छ ।

माओबादी केन्द्र गैँडाकोटका नगरईन्चार्ज दुर्गाद्धत्त ढुंगानाले निर्वाचनबाट चुनीएका जनप्रतीनिधीबाट अब जनताले आफ्नो अधिकार प्रत्याभुत भएको महशुस गर्ने र विकासका लागी नयाँ आयाम देखीने बताउनुभयो ।

वहाँले निर्वाचनको समयमा मतदाताले देखाएको सद्भाव, आसा र अपेक्षाको कदर हुने गरी गैँडाकोटको विकासका लागी माओबादी केन्द्र कटीबद्ध रहेको बताउनुभएको छ । दलहरुविचको समन्वयमा नयाँ नेतृत्वलाई विकासका योजनालाई सफल बनाउन माओबादीले सदैव सहकार्य गर्ने ढुंगानाले बताउनुभएको छ ।

माओबादी केन्द्र गैँडाकोटले निर्वाचनको समयमा खटीने सर्वसाधारण, मतदाता कर्मचारी, पत्रकार, संघसंस्था पर्यवेक्षक सबैलाई कृतज्ञता ज्ञापन गरेको छ । यसैबिच पार्टी नवलपुर सह ईन्र्जाज धनप्रसाद सापकोटाले प्रदेश नं ४ अन्तर्गत नवलपुरका ८ वटै स्थानीय तहमा शान्तीपुर्वक रुपमा निर्वाचन सफल भएकोमा खुसी व्यक्त गर्दै जनमतको कदर गरी जनप्रतीनिधीले काम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply