कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा प्रदेश ३का सहकारी मन्त्रि लामाको जोड

0

चितवन, १० बैशाख । प्रदेश ३ का कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । नेपालको समृद्धि कृषि क्षेत्रबाट मात्रै सम्भव रहेकोले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने बेला आएको बताउनुभयो । आज पूर्वी चितवनमा रत्ननगर उद्योग वाणिज्य संघको १९ औं वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै मन्त्री लामाले देशलाई समृद्ध बनाउन प्रत्येक युवाहरुलाई कृषि उद्योगमा लगाउनुपर्ने बताउनुभयो । उहाँले जमिनको वर्गीकरण गरेर खेतीयोग्य जमिनको संरक्षण गर्र्दै कृषि क्षेत्रमा आमुल परिवर्तन गरिने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि मन्त्री लामाले अव्यवस्थित बस्तीहरुलाई व्यवस्थित गर्दै समृद्ध समाज बनाउनुपर्ने बताउनुभयो । यस्तै मन्त्री लामाले देशमा उद्योगमैत्री वातावरणका लागि पहिलो प्राथमिकता औद्योगिक क्षेत्रलाई दिईने बताउनुभयो ।
प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा दुई बिद्यार्थीका अभिभावक बनेका छन् । उनले आज (सोमवार) चितवनका दुईजना चेपाङ विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राप्ती नगरपालिका १० को सोमिटार माविमा भर्ना गरिदिएका हुन् । राप्ती नगरपालिका १० कावरकी ६ बर्षकी निशा प्रजा र सोही ठाँउका ५ बर्षका सुजन प्रजालाई कक्षा १ मा मन्त्री लामाले भर्ना गरिदिएका छन् । उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक समेत उपलव्ध गराएका छन् ।

Share.

Leave A Reply