कृषिको पकेट क्षेत्र बनाउँछौँ – वडा अध्यक्ष सापकोटा

0

वि.सं. २०३६ सालबाट राजनीतिक जीवनमा प्रवेश गर्नुभएका गैँडाकोट ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले सामाजिक जीवन भने विजय युवा क्लब (अहिलेको विजय विकास स्रोत केन्द्र) बाट सुरु भएको हो । जनप्रतिनिधि भैसकेपछि पनि अझ बढी समाजिक काममा होमिनु जीवनको सबै भन्दा खुसीको क्षण सम्झने सापकोटाले वाड नं. ६ लाई कृषि क्षेत्रको नमुना वडा अर्थात कृषिको पकेट क्षेत्र बनाउने योजना बनाउनुभएको छ । कृषि क्षेत्रबाहेक अन्य क्षेत्रमा वडाका विकासका के के योजना छन् ? यसै सन्दर्भमा सापकोटा संग कुराकानी गरेका छौँ । प्रस्तुत छ सम्पादक श्रीधर उपाध्याले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद,

 

हिजोआजको व्यस्तता चाँहि के छ ?
जनताको काममा नै हिजो आजको व्यस्तता रहेको छ ।

 

जनताको काम गर्दा कस्तो महशुस भएको छ ?
महशुस राम्रै भएको छ । सबै जनतासंग भिज्न पाउने । जनतासंग नजिकको सम्बन्ध त छँदै थियो अझै प्रगाढ बन्ने रहेछ ।

 

वडाको विकासका लागि अधिकार काफि छ ?
वडाका विकासका लागि प्रत्याभूत अधिकार काफि छन् जस्तो लाग्छ । अहिले हामी सिकाईको प्रथम चरणमा समेत रहेका छौँ यस कारणले पनि धेरै अधिकार एकै पटक प्रयोग गर्नुभन्दा अहिलेका अधिकारको नै उचित प्रयोग गर्न सक्नु पर्दछ जस्तो लाग्दछ ।
वडा अध्यक्ष हुनुपूर्व र अहिलेको लक्ष्मीजीको जीवनमा के फरक छ ?
फरक धेरै कुरामा त महशुस भएको छैन । तर कामको जिम्मेवारीले अलिकति अहिलेको जीवन बोझिलो महशुस गरेको छु । यस अघि पनि विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गर्दे गर्दा पनि सदस्य देखि लिएर अध्यक्ष जस्तो पदमा बसेर काम गरिसकेको छु । त्यस वखबतको अभ्यासले अहिले केही सहज भने बनाएको छ ।

 

आफ्नो वडाको विकासका लागि कस्तो सपना देख्नुभएको छ ?
सुविधा सम्पन्न, प्रदुषण रहित र वातावरण मैत्री वडा बनाउने सपना देखेका छौँ । यसमा हामी सफल हुन्छौँ जस्तो पनि लागेको छ ।
यी सपना पुरा गर्नका लागि वडामा के कस्ता समस्या देख्नुभएको छ ?
केही समस्याहरु छन् वडमा त्यसलाई पहिचान समेत गरेका छौँ । विद्युतका समस्या, बाटोघाटोका समस्या, तटबन्धनको समस्या, सुकुम्बासीका समस्या, जंगली जनावरको समस्य र केही खानेपानीको समेत समस्याहरु अहिले देखिएको छ ।
बाटोघाटोका सन्दर्भमा के के योजनाहरु अघि बढाउनुभएको छ ?
हामीले कार्ययोजनामा तत्कालिन, दिर्घकालिन र अल्पकालिन भनेर तीन भागमा छुट्याएका छौँ । पूर्वाधारका कामहरु प्राथमिकताका आधारमा गर्ने सोच बनाएका छौँ । पाँच वर्षभित्रमा बाटोघाटोहरु सुविधा सम्पन्न बनाउने योजना बनाएका छौँ ।
तत्कालिन बनाउनुपर्ने बाटोहरु चाँही कुन हुन ?
भाग्योदय चोक देखि शिवमन्दिरसम्मको बाटो पिच गर्ने कार्ययोजना बनाएका छौँ । गँैडाकोट ६ राइटोलको बाटो समेत पीच गर्ने योजना बनाएका छौँ । यसैगरी गैँडा चोक देखि आवाससम्मको बाटो पीच गर्ने भनेका छौँ ।
दीर्घकालिन योजनामा परेका बाटोहरु कुन कुन हुन् ?
दीर्घकालिन योजनामा एउटा रिंग रोड बनाउने भएका छौँ । यो रिंग रोड वाड नं. २ देखि राम मन्दीर पुग्छ, नारायणी किनार हुँदै सात नम्बरमा जोडिन्छ । अरु साना तिना स्तरोन्नती गर्नुपर्ने बाटोहरुलाई अल्पकालिन योजनामा राखेका छौँ ।
नारायणी तटबन्धनको समस्याको समाधानका लागि के योजना बन्दै छ ?
तटबन्धनका लागि विभिन्न निकायमा पहल गर्ने निर्णय गरेका छौँ । जनताको तटबन्धनको काम पनि भैरहेको छ । यसको निरन्तरताको लागि पनि पहल गर्ने भनेका छौँ ।
बत्तिको समस्या पनि छ तँपाईको वडामा, कति घरमा विजुली पुगेको छैन ?
हाम्रो वडामा केही बस्ती अध्याँरोमा बसेका छन् । यस्तै २० देखि २५ घरधुरीमा बत्ती पुग्न सकेको छैन । सुकुम्बासी समुदायमा पनि बत्ति पुग्न सकेको छैन । तर हामीले यो समस्या समाधान गर्न उज्यालो वडाको रुपमा विकास गर्ने योजना बनाएका छोैँ ।
सबै ठाँउमा विद्युत पु¥याउनकालागि कति वटा पोल आवश्यक पर्ला ?
हामीकहाँ ५० वटा पोल भयो भने तत्कालका लागि अहिलेको समस्या निराकरण गर्न सकिन्छ जस्तो लाग्छ ।
सुकुम्बासीको समस्य पनि उस्तै छ नी है ?
हो सुकुम्बासी समस्याका लागि वडाबाट गर्न सकिने पहल भने हामी गर्ने छौँ । सकुम्बासी समस्याको समाधानका लागि त नितिनियम माथिल्लो निकायले बनाउने हो । हाम्रो तर्फबाट उहाँहरुलाई दिने सेवा सुविधाका रुपमा पानी बत्ती, विजुली, बाटोघाटोको व्यवस्था चाँहि हामी मिलाउने छौँ कुनै कसर बाँकी राख्ने छैनौँ ।
वातावरणमैत्री वडा बनाउँछौँ भन्नुभयो, यो चाँहि कसरी बनाउने हो ?
यसको लागि स्वच्छ, सफा, वातावरणमैत्री नगर निर्माणका लागि फोहोरमैला व्यवस्थापन पहिले गर्दछौँ, हरियाली बनाउनकालागि विभिन्न स्थानमा पार्क निर्माण गर्नेछौँ । यस्तै एक घर दुई विरुवा लगाउनुपर्ने हामीले कार्ययोजना बनाएका छौँ ।
विगतमा जंगली जनावरका कारण तीता घटना घट्ने गरेका छन् । जंगली जनावरण नियन्त्रणका लागि के छन् योजना ?
यसका लागि हामीले सम्बन्धित निकायसंग समन्वय गर्ने भनेका छौँ । जनावरको नियन्त्रणकालागि राष्टिय निकुञ्जजस्ता सम्बन्धित निकायमा घटना भएपछि मात्रै होइन, हामीले पहिलै नगरपालिका मार्फत समस्या समाधानकालागि छलफल गर्नेछौँ । यसको प्रतिवद्धता समेत जनाउँछु ।
वडालाई समृद्धितर्फ लिएर जाने आधार के हो ?
विभिन्न भौतिक पूर्वाधार निर्माण, गरिब बिपन्नलाई निशुल्क शिक्षाको व्यवस्था, बेरोजगार र अपांगलाई सीपमूलक तालिम प्रदान गर्ने, गैँडाकोट ६ लाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने छौँ, आवश्यक सिंचाई र आवश्यक विउविजनकालागि समन्वय गर्ने काम हामीले गर्नेछौँ । बोरीङनभएका स्थानमा सिंचाईको व्यवस्था मिलाउने छौँ । यसक्षेत्रलाई मकै खेतीको पकेट क्षेत्रको रुपमा र अर्गानिक तरकारीको उत्पादनका लागि हामी किसानलाई प्रोत्साहन गर्नेछौँ । उत्पादनलाई मुख्य प्राथमिकतामा राख्यौँ भने हामी समृद्धि तर्फ जानेछौँ भन्ने विश्वास र योजना समेत बनाएका छौँ ।
दुव्र्यसनीको समस्याले वाड नं. ६ ले सताएको छनी ?
हो, यहाँले ठीक भन्नुभयो । वाड नं. ६ लाई सताएको छ योसमस्या चाँही देशकै समस्या पनि हो । यसको नियन्त्रण गर्नुपर्ने छ । यसकालागि हामी इलाकाप्रहरी कार्यालय गैँडाकोटसंग समन्वय गर्नेछौँ साथै जनचेतनाका कार्यक्रम समेत गर्नेछौँ । हाम्रो वडामा नारायणीको किनार र अवास क्षेत्रमा यस्तो समस्या देखिएको छ ।
खानेपानीको पनि समस्या छ नि ?
सुरक्षित खानेपानीको समस्या वाड नं. ६ मा रहेको छ । अहिले पिउने पानीको रुपमा बढी इनार र कुवाको प्रयोग हुने गरेको छ । पानीलाई सुरक्षित कसरी गर्ने भन्ने सोच बनाउँदै छौँ । अहिले गैँडाकोट पम्पीग स्कीमको र विजय नगरको खानेपानी वडा बासीले प्रयोग समेत गरेका छौँ । यी दुई संस्थाको सहयोग प्रशंसा योग्य नै छ । हाम्रै वडामा रहेको विजय नगर पनि निर्माणधिन अवस्थामा रहेको छ । यसको परिपूर्ण संगसंगै खानेपानीको समस्या पूरा हुन्छ भन्ने विश्वास लिएका छौँ । विजय नगरको स्तरउन्नतीकालागि आर्थिक रुपमा केही सहयोग गर्ने समेत सोच बनाएका छौँ ।
वडा कार्यालय अहिले छैन, वडा बासी के भन्छन् ?
अहिले हामी सिकाई प्रक्रियामा रहेका छौँ । अहिले नगरपालिकामा रहेर काम गर्दा सबै कुरा बुझ्ने र सिकाई प्रक्रियाका लागि सहज भएको छ । सिकाई प्रक्रियापछि केही समयमा नै हामी वडामा आउने छौँ । हामीले वडा कार्यालयको सोच बनाएका छौँ । जग्गा पनि हेरेका छौँ ।
कहाँ छ जमिन ?
एउटा जमिन चाँहि भाग्योदय स्कूलको अगाडि रहेको छ अर्को शिवनगर खानेपानीमा भवन समेत रहेको छ । पछि छलफल गरेर यी दुवै स्थानमा कुन उपयुक्त हुन्छ त्यहँीबाट वडा कार्यालय संचालन हुनेछ ।
हुन्छ समय र विचारका लागि धन्यवाद,
हवस्, मेरा आफ्ना कुरा राख्ने मौका दिनुभयो विजय खबर पत्रिकालाई धेरै धेरै धन्यवाद छ ।

Share.

Leave A Reply