कुसुमघाट टोलविकास संस्था गैँडाकोट ५ मा फेरी खरेलको नेतृत्व

0

 

गैँडाकोट, १७ भाद्र । कुसुमघाट टोलविकास संस्था गैँडाकोट ५ को अध्यक्षमा पुनः ठाकुर प्रसाद खरेल चयन हुनुभएको छ । शनिबार सम्पन्न साधारण सभाले १३ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा, सचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटा थापा, सहसचिवमा डिल्लीप्रसाद अम्बै, सदस्यमा दयाराम अधिकारी, सदस्यहरुमा हरि थापा, सुन्दर कुमार खड्का, दुर्गा भूषाल, लक्ष्मी पौडेल, बुद्धिमाया बोटे, होमनाथ पौडेल र आरोही विक रहनुभएको सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो । साधारण सभामा सचिव ज्ञानेन्द्र अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्रकला बोटले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेल रहनुभएको थियो । कार्यक्रममा अतिथिको तर्फबाट जयश्री सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रभक्त अधिकारी, कुसुमनगर टोलविकास संस्थाका उपाध्यक्ष हरिप्रसाद ढकाल शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष ठाकुर प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply