कुश्माबजारको सडक कालोपत्रे गरिँदै

0

पर्वत, ९ फागुन लामो समयदेखि जीर्ण अवस्थामा रहेको पर्वत सदरमुकाम कुश्माबजारका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ ।

कुश्मा नगरभित्रको तीन किलोमिटर सडक चालू आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोक लगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।

बजार क्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट स्वीकृति लिएको नगरपालिकाले मापदण्ड कायम गरी काम शुरु गरेको हो । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै नाली निर्माणको काम अघि बढेको कुश्मा नगरपालिकाले जनाएको छ ।

मुख्य तथा शाखा सडक मिचेर बनाएका घरटहरा भत्काएर सबैजसो सडक चौडा पारिसकेको नगरपालिकाले अहिले दोस्रो चरणको पक्की नाली र कालोपत्रेको काम शुरु भएको जनाएको छ । पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

“बजारका सबै सडकको न्यूनतम मापदण्डअनुसार चौडा पार्ने काम सकियो”, उहाँले भन्नुभयो, “अहिले दोस्रो चरणका काम अघि बढेका छन् । वषाभित्रै नगरवासीलाई चिल्लो सडक दिने लक्ष्य रहेका छ ।” शाखा सडकहरूको कालोपत्रेका लागि सर्वेक्षण सकिएकाले सबैजसो सडक कालोपत्रे गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।

(रासस) ः

Share.

Leave A Reply