कुरीति विरुद्ध सामुदायिक रेडियोको भूमिका महत्वपूर्णः ओली

0

सरकारले संविधान विरुद्ध निर्णय गरेको आरोप


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामुदायिक रेडियोहरुले समुदायको सकारात्मक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सामुदायिक रेडियोले समुदायकै बिषयबस्तुमा केन्द्रीत रहेर समाचार र कार्यक्रम उत्पादन गर्दै आएकोमा प्रशंसा गर्दै अध्यक्ष ओलीले समाजिक कुरीति विरुद्धमा सामदायिक रेडियोले खेलेको भूमिका निकै महत्वपूर्ण भएको बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकार प्रेस स्वतन्त्रताको पक्षधर तथा मिडियामैत्री हुने विश्वास उहाँले दिलाउनुभयो । समाजको सकारात्मक रुपान्तरणको लागि सामुदायिक रेडियोले विशेष भूमिका खेल्न सक्ने भएकाले अबको सरकारले सामुदायिक रेडियोको बढीभन्दा बढी सदुपयोग गर्नेमा विशेष ध्यान दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्थानिय तहले विकासको खर्चलाई कटाएर रेडियो खोल्नु भन्दा भएका रेडियोसँग साझेदारी गर्नु उपयुक्त हुने धारणा अध्यक्ष ओलीको छ । सामुदायिक रेडियोका बारेमा सामुदायिक रेडियो प्रसारक संघ नेपालले उठाएको एजेण्डामाथी छलफल गर्न आफु तयार रहेको पनि उहाँले बताउनुभयो ।

स्थानिय तहले विकासको खर्चलाई कटाएर रेडियो खोल्नु भन्दा भएका रेडियोसँग साझेदारी गर्नु उपयुक्त हुने धारणा अध्यक्ष ओलीको छ । सामुदायिक रेडियोका बारेमा सामुदायिक रेडियो प्रसारक संघ नेपालले उठाएको एजेण्डामाथी छलफल गर्न आफु तयार रहेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले बर्तमान सरकाले आफूखुसी निर्णय गरिहेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, अब बन्ने सरकारलाई अबरोध हुने गरि बर्तमान सरकारले अनैतिक र अनुचित तवरले निर्णय गरिहेको छ । काम चलाउ सरकारले गरेका निर्णयले कालान्तरमा अर्थतन्त्रमा नै घाटा पुग्ने टिप्पणी गर्दै अध्यक्ष ओलीले सरकारले नीति र संविधान विरुद्ध दिर्घकालीन निर्णयहरु गरिरहेको आरोप लगाउनुभयो ।

आबश्यकता अनुसार फेरि पनि संविधान संसोधन हुने भएकाले मधेसको माग पनि छिटै सम्बोधन गरिने उहाँले बताउनुभयो । यो समय राजनितिक मुद्धा बोकेर हिड्ने भन्दा पनि बिकास र समृद्धीको एजेण्डा बोकेर हिड्ने समय भएको उहाँको भनाई छ । from CIN

Share.

Leave A Reply