कुपोषण लागेका बाल बच्चाहरुलाई पौष्टिक तत्वले भरीपुर्ण खाध्यान्नको बितरण

0


सबिता तिवारी
गैंडाकोट १३ मंसिर
गिैंडाकोट नगरपालिका भित्र रहेका कुपोषण लागेका बाल बच्चाहरुलाई गैंडाकोट स्वास्थ्य चौकीले निशुल्क लिटो बाढि रहेको छ । तौल नबढेका,उचाई कम भएका बच्चाहरुलाई निशुल्क रुपमा पौष्टिक तत्वले भरीपुर्ण खाध्यान्नको बितरण भई रहेको छ । गैंडाकोट स्वास्थ्य चौकी र पितौजीघाट स्वास्थ्य चौकीको सहकार्यमा भएको उक्तm कार्यक्रम नगरभित्र रहेका कुपोषणले संक्रमित बालबालिकाको लागि भएको गैंडाकोट नगर स्वास्थ्य संयोज इन्द्र राज शर्माले बताउनु भयो ।
उहाँले कुपोषणले संक्रमित बालबालिकालाई समय तालिका अनुसार संक्रमित बालबालिकालाई निगरानिमा राखेर समय अबधि सम्म उक्तm पोषण तत्व निशुल्क रुपमा प्रदान गर्ने बताउनु भयो । उक्तm कार्यक्रम पोषण रिह्याबिलिटेसन कार्यक्रम अन्र्तगत गैंडाकोट स्वास्थ्य चौकी र पितौजीघाट स्वास्थ्य चौकीमा सञ्चाल भई आएको बताउनु भयो ।

Share.

Leave A Reply