कुनै पार्टीमा महिला सहभागिताको प्रतिशत पुगेन

0


काठमाडौँ, १३ श्रावण । निर्वाचन आयोगले एक महिनाभित्र सबै तहका पार्टी समितिमा ३३ प्रतिशत महिला पु¥याउन दिएको निर्देशन कुनै पनि राजनीतिक दलले पालना नगरेको पाइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दर्ताका क्रममा केन्द्रीय समितिमा एक तिहाइ महिला नपुगेपछि आयोगले नेकपासहित सबै दललाई एकैसाथ पत्राचार गरेर ३३ प्रतिशत महिला पु¥याउन भनेको थियो । तर अहिलेसम्म केही दलले दलगत संरचनालाई समावेशी गर्दै जाने आशयसहित पत्र पठाएको निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी शाखाका प्रमुख उपन्यायाधिवक्ता घनश्याम ओझाले बताउनुभयो । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा १७ दशमलव ४६ प्रतिशत मात्र महिला छन् । कांग्रेसको अहिलेको ८० सदस्यीय केन्द्रीय समितिमा २० प्रतिशत मात्रै महिला सहभागिता रहेको पाइएको छ ।

Share.

Leave A Reply