किसानको छोरो लाइ रोपाइले छोयो ,रोपाई गीत बजारमा आयो

0

नबिन S सुबेदी , जेष्ठ 30 , गैडाकोट…
चितवनको मोहोना मा निम्न बर्गीय किसानको परिवारमा जन्मिनु भएका  मिलन लामाले संघर्ष गरि गरि पहिलो लोकदोहोरी एल्बम “कृष्ण भिरमा जाम” निकाल्नु भएको हो | पहिलो एल्बम ले राम्रै चर्चा पाएपछि त्यो बेलाको चलेको कम्पनि धौलागिरी क्यासेट सेन्टर बाटै अर्को लोकदोहोरी एल्बम ” Hong Kong आइडी” बजारमा आयो र स्रोताको मन मनमा बस्न र मुखमा झुण्डिन सफल भयो | चर्चा परिचर्चा बटुल्दै जादा फेरी अर्को दोहोरि गीत माझीदाई पोखरा फेवातालको ले त् झन् मिलन लामालाई लोक संगीत को शिखरमा नै पुर्यायो | दर्जनौ दर्जन गीतहरु गाउदै ,लेख्दै , संगीत भर्दै अगाडी बढ्नु भएको मिलन लामाको सांगेतिक यात्रा अहिले आएर असार महिना लाइ लक्ष्य गरेर अझ भन्नु पर्दा मानो रोपेर मुरी उब्जाउनलाई किसानहरु खेत खेतमा हुन्छन यसै बिषयमा आफु पनि किसानको छोरो भएर होला “रोपाइँ ” बोलको असारे गीत बजारमा लिएर आउनु भएको छ |


गायक मिलन लामा र गायिका जुनु रिजाल काफ्लेको आवाजमा रहेको “रोपाइँ ” बोलको असारे गीतमा लय तथा शब्द गायक स्वोयम मिलन लामा को रहेको छ | रोपाइँ ” बोलको असारे गीतको म्यूजिक भिडियोमा रोपार हरुले खेतमा धानको बिउ रोप्दै ,बाउसेहरु माटो मिलाउदै हिलो खेल्दै रमाइलो गर्दै गरेको दृश्य देख्न पाइन्छ | गीतको म्यूजिक भिडियोमा गायक मिलन लामा गायिका जुनु रिजाल काफ्ले ,केशब , स्वेच्छा लगायतका कलाकारको अभिनय रहेको छ |

निकै सफल चर्चित निर्देशक शिब बिकको निर्देशनमा तयार भएको गीतमा,शम्भु चालिसेको छायांकन रहेको छ भने रबिन बिकको सम्पादन रहेको छ । गायक मिलन लामाको प्रस्तुति रहेको “रोपाइँ ” बोलको असारे गीतलाई आफ्नै युटुब च्यानल मिलन लामा बाट बजारमा आएको छ | हाम्रो तर्फबाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    स्टेशन म्यानेजर : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सम्बादाता : प्रेम क्षेत्री
    : लक्ष्मी पौडेल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार प्रमुख : गोविन्द लामिछाने 9847289940
    बरिष्ठ बजार प्रतिनिधि : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro