किसानका लागि आउने अनुदान रकम दुरुपयोग रोक्न कार्यनिति ल्याउने: कृषि मन्त्री लामा

0

चितवन,असार ८

प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पशुपालन किसानका लागि आउने अनुदान रकम दुरुपयोग रोक्न कार्यनिति ल्याउन लागेको वताएका छन् । नेपाल सरकार मार्फत प्राप्त अनुदान रकम वितरण गर्न भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले शुक्रवार आयोजना गरेको कार्यक्रममा मन्त्री लामाले अनुदान रकम मध्ये ७० प्रतिशत रकम दुरुपयोग हुने गरेको बताए । “वास्तविक किसानका लागि भनेर दिईने अनुदान रकम ७० प्रतिशत सम्म दुरुपयोग हुने गरेको पाईयो मन्त्री लामाले भने’, किसानलाई प्रत्यक्ष फाईदा पु¥याउने प्रदेश सरकारले अनुदानको कार्यनिति बनाउँदैछ । किसानको मनोबल बढाउन सरकारले घाँसखेती,दुग्ध उत्पादन लगायतमा अनुदानको व्यवस्था गर्ने उनले बताए । आगामी आर्थिक वर्षदेखी सुरु हुनेगरी प्रदेशका सबै जिल्लामा एक–एक वटा चिस्यान केन्द्र तथा कोल्ड स्टोर स्थापना गर्न लागेको समेत मन्त्री लामाले जानकारी दिए ।

सो अवसरमा भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले नेपाल सरकारको गाईभैसी प्रर्वद्धन कार्यालयबाट प्राप्त २० लाख अनुदान रकम वितरण गरेको थियो । साबिकको भण्डारा गाविस हाल राप्ती ४, ५ र ६ का गाईभैसी पाल्ने किसानहरुलाई आर्थिक वर्ष २०७३÷७४ मा संकलन भएको २२ लाख ४ हजार लिटर दुधको प्रति लिटर ९१ पैसाका दरले २० लाख ३ सय ३७१ रुपैया वितरण गरिएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले जानकारी दिए ।

थपलयिाका अनुसार १ रुपैया देखी ५६ हजार सम्म किसानले अनुदान रकम पाएका छन् । सवैभन्दा धेरै अनुदान रकम पाउनेमा दनाई गाईपालन व्यवसायिक फर्म रहेको छ । उसले ५६ हजार ३९० रुपैया प्राप्त गरेको छ । सहकारीका अध्यक्ष थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्वर ६ का वडाध्यक्ष जल्लु महतो,कार्यपालिका सदस्य पुष्पा केसी, पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी,जनमुखी वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण वहादुर थापा, भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष डालवहादुर श्रेष्ठ,सचिव रामचन्द्र हुमागांई लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply