किन दूधमा बेसार मिसाएर पिउने

0

एजेन्सी । दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबद्र्धक हुन्छ । तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ । तर, दुध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।

  •  यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ ।
     यसले रगत शुद्धिकरण पनि हुन्छ ।
     दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ ।
     दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ ।
     यसले क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।
     यदि तपाईलाई अनिन्द्राको समस्या छ भने पनि यसले फाईदा गर्छ ।
     यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन ।
     बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।
Share.

Leave A Reply