कावासोती १६ मा आज बिहान भएको दुर्घटनामा २ जनाको मृत्यु, ३२ जना घाईते

0

प्रेम क्षेत्री, असोज १३, कावासोती । पुर्वी नवलपरासीको कावासोती १६ मा आज बिहान भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको बस र विपरित दिशाबाट आईरहेको ट्रक कावासोती १६ डण्डा पत्थरखोलामा बिहान साढे ३ बजे एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु हुनुका साथै ३२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा बसका चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने सुरज विक र सोही स्थानका २४ वर्षिय लक्ष्मण थारुको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका मध्ये १० जनाको भरतपुर, १६ जनाको मध्यविन्दु अस्पताल र ६ जनाको कालिगण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply