कावासोती नगरपालिका १६ हरबासी डण्डामा एक महिला माथि एसिड र छुरा प्रहार

0

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासी डण्डामा आफूसँग विवाह गर्न नमानेको भन्दै एक जना महिला माथि एसिड र छुरा प्रहार भएको छ ।
कावासोती १६ हरबासी नीवासी ३६ बर्षीय विमल श्रीपालीले हरबासीका ३० बर्षीय वसन्ती परियारलाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहार पछि वसन्ती परियारलाइ अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार श्रीपालीले परियारलाई एसिड प्रहार गरी ३ पटकसम्म छुरा प्रहार गरेका थिए ।
उहाँको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर उपचार भैरहेको छ । उहाँको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको जनाईएको छ ।
एसिड प्रहार गर्ने विमल श्रीपालीलाई राति नै पक्राउ गरिएको र आवस्यक अनुसन्धान गरि कारबाही प्रक्रिया बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नवलपुर प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका विमलले पूर्वसहमती अनुसार काम नभएकोले एसिड प्रहार गरेको बताएको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो । विमलले लामो समयदेखि आफु वसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर विहे गर्न नमान्दा आक्रमण गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
उनको दाँहिने र देवे गालाका दुवै तर्फ एसिडका साथैं चक्कु प्रहार गरिएको छ ।

Share.

Leave A Reply