कावासोती खानेपानीमा नेकपा प्यानलको बहुमत/अध्यक्षमा कडेँल निर्वाचित (मत सहित)

0


असार १५, गैडाकोट । धेरै चासो राखिएको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष सहित संचालकमा नेकपा प्यानलका बहुमत निर्वाचित भएका छन् । जसको अध्यक्षमा नेकपा प्यानलका भिमलाल कडेँल निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ५ सय १ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्व नेपाली काँग्रेस प्यानलका शिव प्रसाद भट्टराईले २ हजार ३ सय ४२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा रमिला भूजेलले २५६० मत प्राप्त गरि निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्व तारादेवि दवाडी पौडेलले २२६७ मत प्राप्त गर्नुभयो । सचिवमा दिपकराज लम्सालले २५९८ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी शालिराम ढकालले २२२७ मत प्राप्त गर्नुभयो ।

असार १४ गते भएको निर्वाचनमा वडा नं. २ र ८ मा मात्रै नेपाली काँग्रेस प्यानलका विजयी हुनुभएको छ । जसमा आत्मराम चापागाई ५४६ मत र लिलि भट्टराई ६५० मत सहित विजयी हुनुभयो । अन्य वाँकी सवै पदमा नेकपाका प्यानलका विजयी हुनुभएको थियो ।

हेर्नुहोस् प्राप्त मत तालिका

Share.

Leave A Reply