”कावासोतीको प्रोफाइल बन्दैछ, यसले योजनामा सजिलो बनाउँछ – उपप्रमुख मर्दनीय

0


नवलपुर जिल्लाको सदरमुकाम क्षेत्र कावासोती हो । कावासोती नगरपालिकाले सुशासनका लागि विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । कावासोतीले यस आर्थिक वर्षमा ८५ प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसकेको कावासोती नगरपालिकाका नगरउपप्रमुख प्रेमशंकर मर्दनीयाको भनाइ छ । कावासोती नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन पर्यटन र कृषि क्षेत्रको विकास गर्नुपर्ने जनप्रतिनिधिको ठम्याइ रहेको छ । कावासोती नगरपालिकाकाको यस आर्थिक वर्ष के कस्तो रह्यो । आगामी आर्थिक वर्षका लागि के कस्ता कार्यक्रम अघि बढाउन आवश्यक होला ? नगरको समृद्धिका लागि कुन कुन पूर्वाधारका क्षेत्रमा लगानी बढाउन आवश्यक छ होला ? यीनै जिज्ञासाका बारेमा कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेमशंकर मर्दनीयासंग विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादीत अंश ।
व्यस्तता कस्तो छ ?
हामी विशेष गरेर यस आर्थिक वर्षको योजना अनुगमन, न्यायिक समितिका काम र नगरका विविध काममा व्यस्त छु ।
यो वर्ष कस्तो रह्यो ?
कावासोती नगरपालिकामा ८५ प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेको छ । कति पय योजनाहरु सम्झौता भई कार्यक्रम जारी रहेका छन् । गएको वर्ष हाम्रा लागि सिकाइ रह्यो । कानुनी कार्यविधिहरु निर्माण गरेर यस वर्ष सजिलो समेत भएको  छ । नगर तथा वडा स्तरका धेरै योजनाहरु अघिल्लो वर्षको तुलनामा राम्रा काम भएका छन् ।

 


कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?
फोहोर व्यवस्थापन ठूलो योजनामा थियो । फोहोर संकलनका लागि आवश्यक सामाग्री खरिदका लागि टेण्डर गर्ने भएका छौँ । मानव र वन्यजन्तु द्वन्द न्यूनिकरणका कार्यक्रम अघि बढाएका छाँै । ११, १२, १३, १५ , ७ वडाहरुमा संघ र केन्द्र सरकारबाट करिब ७ करोडको योजनाका लागि छलफलमा छाँै । बाटोघाटो निर्माणमा पनि नगर अघि बढीरहेको छ । बालुवा डाँडामा भ्यू टावर बनाउने काम अघि बढाउँदै छाँै । गरिब विपन्न वर्गका आवास कार्यक्रम पनि ठूलो आकारको छ । २१ वटा मुसहरका लागि घर बनाउने क्रममा रहेका छाँै । रिंगरोडका लागि पक्रिया अघि बढाएका छाँै । उज्यालो कावासोती बनाउन सोलार जडानका कार्यक्रमहरु पनि अघि बढाएका छाँै ।
कावासोतीलाई समृद्ध नगरपालिका बनाउन चार वटा पक्ष के के छन् ?
पर्यटकीय क्षेत्र, धार्मिक पुरातात्विक क्षेत्र, वाइल्डलाइफ, होमस्टे लगायतका क्षेत्रमा लगानी बढाउन सकियो भने कावासोती नगरलाई समृद्ध बनाउन सकिन्छ । यस बाहेक कृषि र शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्दछ भन्ने हामीले सोचिरहेका छाँै ।
प्रायजसो समृद्धि एकातिर लगानी अर्कैतिर देखिन्छ, यसबाट कावासोती पनि अछुतो छैन ?
हो हामीले हाम्रो समृद्धि एकातिर देखिरहेका छाँै, तर विगतमा सो क्षेत्रमा प्रभावकारी लगानी गर्न नसकेको पक्कै हो । हामीले यस आर्थिक वर्षमा तत् तत् क्षेत्रमा लगानी बढाउने सोचमा छाँै । बाटाघाटो पुलपुलेसोमा नै बढी खर्च छ । अब हामीले यी क्षेत्रको लगानी घटाएर नगरस्तरीय बजेटलाई दीगो विकासका क्षेत्रमा खर्च गर्ने सोच बनाएका छाँै । यस नगरपालिकामा कति कृषि क्षेत्रमा हुनुहुन्छ, पर्यटन व्यवसायमा कति छन् । यसको प्रोफाइल या तथ्यांक संकलन गर्ने काम भइरहेको छ । यस पश्चात हामीले प्रभावकारी बजेट विनियोजन गर्न सक्छाँै भन्ने लाग्छ ।
शिक्षा क्षेत्रमा नगरले प्रभावकारी काम गरेन भन्ने गुनासो छ नी ?
नयाँ कुराहरुको खोजी निति भइरहेको छ । विद्यालयको मर्ज गर्नुपर्ने कुरा आइरहेको छ । मर्ज गरेपछि समस्या उत्पन्न हुन्छ की हुँदैन । गुणस्तरीय शिक्षाका लागि के कस्ता प्रविधि आवश्यक पर्दछ भन्ने कुरा महत्वपूर्ण हो । यसका लागि पनि हामीले काम गरिरहेका छौँ । बजेट बिनियोजन शिक्षा क्षेत्रमा कम भएको हुँदा प्रभावकारी काम भने हुन सकेको छैन । अब नयाँ आार्थिक वर्षमा पक्कै पनि अघिल्लो वर्षको तुलनमा बढाउने छाँै । आगामी आर्थिक वर्षको श्रावणदेखि ३ कक्षा भन्दा तलको कक्षाका विद्यार्थीका लागि खाजाको व्यवस्था गर्ने सोच बनाएका छाँै । यसले आकर्षण बढाउनुका साथै पोषणमा पनि काम गर्दछ भन्ने हामीहरुको बुझाइ रहेको छ । कावासोतीमा करिब १५ वटा विद्यालयहरु मर्ज गर्नुपर्दछ की भन्ने पनि लागिरहेको छ । विद्यार्थी संख्या कम भएकै कारण त्यसलाइ मर्ज नगरिएपनि कसरी व्यवस्थापन गर्न सकिन्छ त्यस तर्फ पनि छलफल गरिरहेका छाँै ।
कावासोतीमा वालविवाहको अवस्था पनि छ नी ?
अशिक्षाकै कारण, विपन्नता अथवा आर्थिक अवस्था कमजोर भएका कारण भएको हो की भन्ने लागेको छ । विभिन्न संस्थाहरुसंग समन्वय गरेर त्यहाँको जीवनशैली परिवर्तन गर्न सकिन्छ कि भनेर लागिरहेका छाँै ।
फोहोर व्यवस्थापन नगरका लागि चुनौती देखिन्छ नी ?
फाहोर व्यवस्थापन गर्ने हिसाबले अघि बढेका छौँ । प्रविधिहरु पनि भित्राउने हिसाबले अघि बढेको  पक्कै हो । सडक वरिपरि भनौँ या वन आसपासका क्षेत्रमा फोहोर बढी देखिएको पक्कै पनि हो । कावासोतीको फोहोरलाई दीर्घकालिन व्यवस्थापन तर्फ जानु आवश्यक छ । टेण्डर पक्रिया हुन्छ या, समितिको गठनगरेर हुन्छ यस तर्फ पनि व्यवस्थापनका लागि छलफल पनि जारी रहेको छ । यस वर्ष ढल निकासका लागि प्रभावकारी योजनाका साथ अघि बढ्ने छौँ ।
अन्य पूर्वाधारका क्षेत्रमा नगरको अवस्था कस्तो छ ?
कावासोतीका सबै वडाहरुमा खानेपानीको पाइप विछ्याउने काम भएको छ । सबै वडाहरुमा अहिले नै पानी पुगिसकेको अवस्था त पक्कै छैन । खानेपानीको व्यवस्थापनका लागि खानेपानी उपभोक्तासंस्थाका साथीहरु, संघ तथा प्रदेश सरकारसंग हामीले सहकार्य छलफल गरिरहेका छाँै । कावासोती १, ४, १५, १७ लगायतका क्षेत्रमा सुरक्षित खानेपानी तुरुन्त लिएर जाने गरी कार्यक्रम अघि बढीरहेको छ । विद्युतीकरणको लागि बालुवा डाँडामा पुगेको छैन । कहिँकतै विद्युत पोलको आवश्यकता छ । आउँदो वर्ष हामीले उज्यालो कावासोतीको योजनामा अघि बढ्ने सोच बनाएका छाँै ।

Share.

Leave A Reply