कावासोतीका थापा १४ दिनदेखि वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

0

साउन १५ । नवलपरासीको कावासोती नगरपालिका २ भाट्टोलाका ४५ वर्षिय लक्ष्मण थापा १४ दिनदेखि वेपत्ता हुनुभएको छ ।

थापालाई खोजी गरिदिन परिवारले पत्रकार, प्रहरी र नागरिक समाजलाई आग्रह गरेको छ । यही साउन १ गते काठमाण्डौबाट नवलपरासी तर्फ फर्कदै गर्दा चितवनको मुग्लिनसम्म सम्पर्कमा रहनुभएका उहाँ त्यसपछि सम्पर्क विहिन बनेको उहाँकी श्रीमती रुचिका थापाले बताउनुभयो ।

आमाको अप्रेसनका लागि असार २९ गते उहाँ काठमाण्डौ जानुभएको थियो । घरबाट राम्रैसंग निस्किएका र साउन १ गते साँझ ७ बजेसम्म फोन सम्पर्कमा रहेका उहाँ वेपत्ता भएपछि परिवार चिन्तामा परेको छ ।

उहाँले पुस्तक पसल संचालन र हकरको काम गर्दै आउनुभएको थियो ।

Share.

Leave A Reply