कावासाेतीमा बाम  बिद्यार्थीको दिप प्रज्वलन 

0

कावासोती २२ कार्तिक ।

बाम गठबन्धन नवलपुरका विद्यार्थी संगठनले  कावासोती सभापतीचोकमा दि्प प्रज्वलन गरेका छन् । नवलपरासीबाट छुट्टीएर नवलपुर जिल्ला घोषणा भइ प्रमुख जिल्ला अधिकारी बाट कार्यभार सुचारु भएको र एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्नका लागि दुई ठुला कम्युनिष्ठ पार्टीहरू एकीकरण उद्देश्य सहित चुनावी तालमेल र सहमतीले युवा विद्यार्थीलाई उत्साहित बनाएकाे भन्दै दिप प्रज्जवलन कार्यक्रम गरीएको हो । मैनबत्तिले बाम गठबन्धन जिन्दावाद लेखेर दीप प्रज्जवलन गरिएकाे थियाे ।

अनेरास्ववियू, नवलपुरका जिल्ला संयाेजक ठाकुर पराजुलीकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा बाम गठबन्धनका प्रतिनिधि सभाका दुवै क्षेत्रका उम्मेद्वार भविश्वर पराजुली र तिलक महत प्रमुख अतिथि रहनु भएकाे थियाे । प्रदेश सभाका ४ जना उम्मेद्वार किशन शर्मा, राेशन गाहा, सूर्य न्याैपाने, जनकलाल श्रेष्ठ लगायत अन्य नेताहरूकाे उपस्थिति रहेकाे उक्त कार्यक्रमका सञ्चालक अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैह्रेले गर्नु भएकाे थियाे ।

Share.

Leave A Reply