कालोमोसो दल्ने विद्यार्थीहरु विरुद्ध जाहेरी/संलग्नलाई कारवाही गर्ने प्रहरीको भनाई

0

गैडाकोट, २२ चैत्र । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयका कृर्षी संकाय प्रशासनीक सहायक डीन प्राध्यापक बिष्णुराज ओझालाई कालोमोसो र जुत्ताको माला लगाउने घटनामा संलग्न ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ ।

प्राध्यापक ओझाले किटानी जाहेरी गर्नुभएको हो । किटानी जाहेरी परेकाहरुमा सोही विश्वविद्यालयमा अध्ययनरत सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र शुसन पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीले अभद्र व्यवहारमा किटानी जाहेरी परेको जानकारी दिँदै उनीहरु फरार रहेको र खोजी कार्य भईरहेको जानकारी दिनुभयो । उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गरिने डिएसपी रेग्मीले बताउनुभयो ।

यसैविच ओझा माथि भएको सांघातिक आक्रमण र दुव्र्यवहार प्रति नेपाली काँग्रेस चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा प्राध्यापक ओझा माथि भएको सांघातिक आक्रमण र व्यव्यवहार प्राज्ञिक क्षेत्रभित्रको नग्न व्यवहार भएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

यसैगरी प्रजातन्त्रबादी प्राध्यापक संघ प्रदेश नम्बर तीनले पनि यस घटना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रदेश संयोजक प्राध्यापक विष्णु गौतमद्धारा जारी बिज्ञप्तिमा यस घटनाले सिंगो प्राज्ञिक क्षेत्रलाई असर पारेको उल्लेख छ । यस्ता घटनाले प्राध्यापकहरुको मनोवल गिर्ने भन्दै दोषीलाई कारवाहि गर्न आग्रह समेत गरीएको छ ।

Share.

Leave A Reply