काम थाले जनप्रतीनिधीलेः स्थानीयको आशा बढ्यो

0

नवलपरासी २५ कार्तिक 


बिहिबार मध्यान्ह गैँडाकोट ५ का ग्रामीण सडक क्षेत्रमा पुग्दा धमाधम खाल्डा परेका सडक मर्मत हुँदै थिए । गैँडाकोट ५ को कालीका चोकदेखी काँग्रेसचोक जाने बाटो केही दिन अघिसम्म खाल्डा खुृल्डी र गिट्टी उप्कीएर हिडिँसक्नु थिएन् । अहिले सोही बाटो मर्मत हुँदै थियो । फाटेको कपडा टालेको जस्तो देखीएपनि बाटो मर्मत भएकोमा त्यहाँका स्थानीय भने खुसी देखीए । स्थानीय अगुवा एकनाथ रिजालले स्थानीयसंग समन्वय गरेर वडाअध्यक्षले काम थालेकोमा धन्यवाद दिनुभयो ।

रिजालले भन्नुभयो,–“निर्वाचीत जनप्रतीनिधीले काम गरेको त राम्रो हो । तर बाटो बनाउँदा यहाँका स्थानीयको समन्वयमा गरेको दिर्घकालीन हुन्छ । नत्र यसभन्दा अघिल्ला नजीर जस्तै काम चाहीँ हुने तर बालुवामा पानि हालेझै नहोस भन्नलाई अहिलेको अभ्यास ठिक छ । वडाध्यक्षको संयोजकत्वमा हाम्रै सहभागीतामा काम भएको छ ।”
नवलपरासीका ग्रामीण क्षेत्रमा जनप्रतीनिधीले काम विकासका काम गर्न थालेपछि बल्ल स्थानीयमा विस्वास पलाएको छ । नवलपरासीको बर्दघाट सुस्ता पुर्वमा रहेको गैँडाकोट नगरपालीकामा वडा वडामा अहिले बाटो मर्मत तथा सडक विस्तारको कामले तिव्रता पाएको छ । वडा अध्यक्षहरुकै नेतृत्वमा स्थानीय सहभागीतामा काम सुरु भएपछी स्थानीयले जनप्रतीनिधीप्रती विस्वास गर्न थालेका हुन् ।
अहिले वडाअध्यक्षहरु नगरपरिषदबाट पारित बजेटद्धारा तत्कालका लागी आवश्यक बाटो मर्मतमा लागेका छन् । विग्रे भत्केका बाटोको मर्मत गर्न पटक पटक माग गर्दै आएका यहाँका स्थानीय अहिले खुसी व्यक्त गरेका छन् । स्थानीय भुमा थापा मगरले सरकारकै बजेट गएको भएपनी काम सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“साह्रै गाह्रो भएको थियो । बाटो पुरै भत्केर, अहिले जती बजेट छ त्यही बजेटबाट सकेसम्म टालटुल भएपनि हुँदैछ । अहिले राम्रै लागेको छ । अर्का स्थानीय खगराज कण्डेलले पहिले पहिलेका चुनावभन्दा स्थानीय चुनावको अनुभव फरक भएको सुनाउनुभयो– “अहिलेको चुनावमा जितेका मान्छे यहीँ गाउँका हुने भएर पनि काम गर्न करै लाग्ने रैछ । धेरै भयो हामीले काम गर्न भनेको बल्ल हुँदैछ । अब अरु समस्या नि विस्तारै होलानी ।”


वडामा मर्मत चलीरहेका सडकको अनुगमनमा निस्केका वडाध्यक्ष नवराज कंडेलले स्थानीयको आसा अनुसार काम गर्न अझै समय लाग्ने बताउनुभयो । जिम्मेवार पदमा रहेर काम गर्दा वडाबासीले आफुलाई विस्वास गरेको उहाँको भनाई छ ।

कतिपय वडामा अझैपनि बाटो विजुली शिक्षा स्वास्थ्य खानेपानी जस्ता सुबिधा अझै नपुगेको भन्दै स्थानीयले प्राथमीकताका आधारमा काम गर्न समेत सुझाएका छन् । स्थानीय बिष्णु प्रसाद सापकोटाले गैँडाकोटका विकट क्षेत्रहरु सडक बिजुली पानी नपुगेका स्थानमा जनप्रतीनिधीको पहिलो ध्यान जानुपर्ने बताउनुभयो ।

निर्वाचीत वडाध्यक्षहरु जनताको मत पाएपछी गरेको कामको जस समेत आउने गरेको बताउछन् । उनीहरु यसभन्दा अघि नागरीकका रुपमा वा सामाजीक अभियन्ताको रुपमा काम गर्दा विस्वास गर्ने वातावरण नभएको तर अहिले गरेको काममा विस्वास हुने गरेको बताउछन् ।

वडाध्यक्षहरुलाई सर्वसाधारणले समस्या सुनाउदा आफुलाई सन्तोष मिलेको उनीहरुको भनाई छ । गैँडाकोट ७ का वडाध्यक्ष चोलानाथ उपाध्यायले वडावासीले विस्वास गरेर समस्या सुनाउदाँ जनप्रतीनिधी हुनुको जिम्मेवारी बोध भएको बताउनुभयो ।

वहाँले वडाको सुकुम्वासी समस्या स्वास्थ्य को समस्या र केही ग्रामीण सडकको समस्या समाधान आफ्नो प्राथमीकतामा रहेको बताउनुभयो । वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले निर्वाचीत हुनुपुर्व गरेका काममा सर्वसाधारणको विस्वास कम हुने गरेको तर निर्वांचीत भैसकेपनि स्थानीयका आसा बढेको बताउनुभयो ।

१८ वटा वडा रहेको गैँडाकोटमा वडा नं ३, १७ र १८ का केही क्षेत्रमा अहिलेसम्म बाटो बिजुली र खानेपानीको सुबिधा पुगेको छैन् ।

Share.

Leave A Reply