काबुलमा शक्तिशाली विस्फोट, कम्तीमा ८० जनाको मृत्यु, ३५० बढी घाइते

0

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक क्षेत्रमा मंगलबार गराइएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश सर्वसाधारण छन् । विस्फोटमा परी ३५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । जर्मनीको दूतावास रहेको जानबाक स्क्वायरनजिक सवारी–साधनमा बम राखी विस्फोट गराइएको थियो । राष्ट्रपतिको कार्यालय र विदेशी दूतावासनजिक यो विस्फोट गराइएको हो । विस्फोटका कारण फ्रान्सको दूतावासमासमेत क्षति पुगेको छ । भवनहरुमा क्षति पुगेको छ भने धेरै सवारी–साधनसमेत जलेका छन् । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । पछिल्लो समय अफगानिस्तानको कमजोर सुरक्षा व्यवस्थालाई लिएर व्यापक आलोचना भइरहेको छ । इस्लामिक अतिवादी समूह आइएसले आक्रमण र विस्फोटका घटना तीव्र पारिरहेको छ । (एजेन्सी)

Share.

Leave A Reply