कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने

0


गैँडाकोट, १० असोज । नेपालीहरुको महान चाड बडा दशैंको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा अर्चना गरिन्छ । नवरात्रको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ। आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उहाँले हातमा चम्किलो खड्ग धारण गर्नुभएको छ, उहाँको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । नवरात्रको छैठौं दिन आज कात्यायिनी भगवतीको पुजाका लागि देशका शक्तिपिठ तथा मन्दिरहरुमा पुजा गर्नेको घुइंचो लागेको छ । मौलाकालिका मन्दिर गैँडाकोट १ मा पनि विहानै देखि भक्तजनको घुँइचो लागेको छ । भक्तजनलाई भगवतीको सहज दर्शनका लागि सबै व्यवस्थापन चुस्त बनाइएको मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभएको छ ।

Share.

Leave A Reply