काठमाडौंबाट चितवन आउँदै गरेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

0

धादिङ, २६ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चारधारेमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन आउँदै गरेको ग १ ख ४९६४ नम्बरको ट्रक दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका–७ का ३० वर्षीय खेमबहादुर छत्कुलीको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाईते भएको प्रहरीले जनाएको छ । इमेजबाट

Share.

Leave A Reply