काँग्रेस गैँडाकोट नगरसचिवद्धारा पदबाट राजीनामा

0

गैँडाकोट ६ जेठ


नवलपरासीको गैँडाकोट नगरपालीकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेद्धार गजेन्द्र आले पराजीत भएपछी नगरसचिव मुकुन्द पौडेलले राजीनामा दिनुभएको छ । शनिबार पदबाट राजीनामा दिएको पत्र सामाजीक सञ्जालमा सार्वजनीक गर्दै पौडेलले निर्वाचन मत परिणामको नैतीक जिम्मेवारी लिदै पदबाट राजीनामा दिएको बताउनुभएको छ ।
नगरसचिवको हैसियतमा परिचालन गर्न नसकेको कारण हार भएको भन्दै नैतीकताले पदमा बसिरहन नमिल्ने पौडेलले बताउनुभएको छ ।
गैँडाकोट नगरपालीकाको मेयर पदमा नेकपा एमाले बिजयी भएको छ भने उपमेयरमा नेपाली काँग्रेस नै बिजयी भएको छ । सिट संख्याका आधारमा एमाले सहित को गठबन्धनको २९ सिट जितेको छ भने काँग्रेसले ६३ सिटमा जित हात पारेको छ ।

Share.

Leave A Reply