काँग्रेसले माघ २१ मा कावासोतिमा पनि विरोध प्रदर्शन गर्ने

0

गैडाकोट, १६ माघ ।

संसद अवरुद्धको वावजुद पनि सरकारले चिकित्सा विद्येयक पारित गरेको लगायतका विषयका विरुद्ध नेपाली कग्रेस नवलपुरले विरोध गर्ने भएको छ ।

आज कावसाोतिमा बसेको नेपाली कग्रेस जिल्ला कार्य समीति बैठकले यही माघ २१ गते सरकारको गलत गतिविधि तथा निर्णय विरुद्ध कावासोतिमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको जिल्ला सभापति विष्णु लामीछानेले जानकारी दिनुभएको छ ।

यसैगरी आउदो फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा नवलपुर जिल्लामा रहेका सम्पुर्ण प्रजातन्त्र सेनानीहरुलाइ नेपाली कग्रेस नवलपुरले सम्मान गर्ने बैठकले निर्णय गरेको सभापति लामीछानेले बताउनुभयो ।

यसैविच आज बसेको बैठकले भोली माघ १७ गतेबाट शुरु हुन गैरहेको नवलपुर महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नको लागी नेपाली कग्रेस जिल्ला कार्य समीतिबाट सम्पुर्ण सहयोग गर्ने निर्णय गरेको छ ।

Share.

Leave A Reply