कहाँ गयो क्लीन सिटि अभियान

0


गैँडाकोट नगरपालिकाले नगर क्षेत्रलाई पूर्ण सरसफाई युक्त नगर बनाउने गरी एक वर्ष अघि क्लीन सिटी अभियान सुरु गरेको थियो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलले संयुक्त रुपमा कुचो लगाएर यस अभियानको सुरु भएको थियो । यस अभियान गैँडाकोट १ को मिलनचोकबाट सुरु भएको थियो । गैँडाकोट १ देखि १८ सम्मका वडामा हरेक महिना वाड अनुसारकै गते अर्थात गैँडाकोट १ मा १ गते, २ मा २ गते हुने गरी सफाइ अभियान सुरु भएको थियो । तर एक पटक मात्र त्यो अभियान सम्पन्न भयो । यसले अर्को श्रंखाला पाउन सकेन । सफाई भन्ने पक्ष निरन्तर अभियानका रुपमा रहनुपर्दछ कि त मानिसको चेतनामा परिवर्तन ल्याउन सक्नुपर्दछ  । गैँडाकोट क्षेत्रमा फोहोरको ठूलो समस्या नभए पनि यसले केही समयमा भयावह अवस्था सिर्जना नगर्ला भन्न सकिदैन । किनकी गाविस हुने बेलासम्म फोहोर बाहिर निस्कीएको थिएन भने नगर बन्ने वित्तिकै फोहोर बाहिर निस्कीएको छ । यसको मात्रा बढेको छ । जवसम्म मानिस आफ्नो गाउँठाउँ सफा गर्नुपर्दछ भन्ने सकरात्मक सोचको विकास हुँदैन तवसम्म गैँडाकोट पूर्ण सरसफाई नगर बन्न सक्दैन । घोषणा गरेर मात्र हुँदैन त्यसको निरन्तरता हुनुु पर्दछ । सफाइ अभियानले लामो समय सम्म निरन्तरता पाउन सक्यो भने त्यसले असल संस्कारको विकास गराउन सक्दछ । असल संस्कारले सकरात्मक सोच र सकरात्मक सोचले पूर्ण सरसफाई युक्त नगर बनाउन सक्छ । तसर्थ सम्बन्धित निकायको यस तर्फ ध्यान जानेकी ।

Share.

Leave A Reply