कश्यप गोत्रीय अधिकारी समाजको महायज्ञको प्रचार प्रसार तिव्र

0

प्रेम क्षेत्री
देवघाट, फागुन २३ । कश्यप गोत्रीय अधिकारी समाजले चिवतनको देवघाटमा आयोजना गर्न लागेको श्रीमद्भागवत धन धान्याचल पितृ उद्वार ज्ञान महायज्ञ २०७५ को प्रचार प्रसार तिव्र पारिएको छ ।
कश्यप आश्रमलाई कुल तिर्थको रुपमा विकसित गरी राष्ट्रकै धार्मिक पर्यटनको आकर्षण केन्द्र बनाउने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको हो । चितवनको देवघाट स्थित कश्यप आश्रममा यहि फागुन २९ देखी चैत्र ७ गतेसम्म महायज्ञको आयोजना गरिएको कश्यप गोत्रीय अधिकारी समाजका अध्यक्ष एवं आयोजक मुल समितिका संयोजक देविरमण अधिकारीले जानकारी दिनुभयो ।
महायज्ञमा सहभागिताका लागि प्रचार प्रसारलाई तिव्रता दिएको मुल समितिले प्रखर युवा माधुर्य कथा वाचक पं. बालकृष्ण अर्यालसँग भेट गरेको छ ।


यस्तै समाजले प्रचार प्रसारका क्रममा गोर्खामा पुगी गोर्खाका अधिकारी बन्धु समाजसँग महायज्ञका बारेमा छलफल गरेको छ । गोर्खा जिल्ला समितिको अध्यक्ष मीना अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस संस्थाको संस्थागत सदस्य बन्ने र समग्र बन्दुहरू उत्साहका साथ महायज्ञको सफलताको लागि जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । देवघाटमा बसेको समिक्षा बैठकमा सचिव युवराज अधिकारीले दाङ, बासगडी बर्दिया तिर भए गरेका प्रचार अभियान र महासचिव रामहरी शर्माले काठमाडौंमा प्रमोद अधिकारीको अध्यक्षतामा सम्पन्न बन्धु भेलाको प्रतिवेदन पेश गर्नुभयो । समग्रमा देशका विभन्न क्षेत्रमा स्वतः स्फुर्त प्रचार भइरहेको महासचिव रामहरि शर्माले जानकारी दिनुभयो ।


नवोदित कलेज सामाखुसी काठमाडौंमा श्रीमद्भागवत धनधान्याचल पितृ उद्धार ज्ञान महायज्ञ देवघाटधाम चितवनको प्रचार प्रसार अभियान र तयारीको जानकारी गराउन विभिन्न जिल्लाबाट काठमाडौंमा वसोवास गर्नुहुने बन्धुहरुको भेला सम्पन्न भएको छ । महायज्ञ प्रचार उपसमिति काठमाडौंका संयोजक प्रमोद अधिकारीको अध्यक्षतामा भएको उक्त भेलामा शिव अधिकारी, दयाराम, अग्निविलास, सरोज, विश्वनाथ, कुश्माखर अधिकारीबाट आजीवन सदस्य र यज्ञकालागि थप सहयोग सहित रू. १,०५०००र र भूमिनन्द र ओतकुमारी अधिकारीको चौरासी पुजाको सुखद उपलक्षमा रु. ५०,००० रकम संकलन भएको थियो ।
देवघाटमा अध्ययन अवलोकन भ्रमणमा आउने भक्त महानुभावहरुका लागि सुविधाजनक अतिथि आवास गृह निर्माण गर्ने कश्यप गोत्रीय अधिकारी समाजका महासचिव रामहरि शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँले वैदिक सनातन धर्म परम्परा र संस्कृतिको अध्ययन अनुसन्धानका लागि उपयुक्त स्रोत सामग्री संकलन र संरक्षण गर्ने समेत बताउनुभयो ।
माधुर्य कथा वाचक पंडित बालकृष्ण अर्यालद्वारा कथा वाचन हुने महायज्ञमा उपस्थित भई तन मन धनले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


श्रीमद् भागवत पाठ परायण, प्रवचन, धान्यपर्वत पूजा, रुद्रभिषेक शक्ति आरधाना, हवन, तर्पण, मार्जन, लक्षवर्ती प्रज्वलन, वेद, चण्डी, गीता, पितृसुक्त, आदि पाठ, तुलादान, व्रतबन्ध र चौरासी पुजा समावेश गरिने जनाईएको छ । कश्यप गोत्रीय अधिकारी समाजका सुचना संयोजक राधाकृष्ण अधिकारीले महायज्ञबाट करिब ४ करोड संकलन हुने अनुमान गरिएको बताउनुभयो । पुस्तकालय सहितको अतिथि गृह, आकर्षक स्तम्भ, अक्षय कोष स्थापना, स्मारिका प्रकाशन गर्ने महायज्ञका जिन्सी संकलन समिति संयोजक एवं कार्य समिति सदस्य होमनाथ अधिकारीले जानकारी दिनुभयो ।
२०६६ सालमा स्थापित कश्यप गोत्रीय अधिकारी समाजमा देशभरका कश्यप अधिकारी आवद्ध छन् ।

Share.

Leave A Reply