कवि केशवराज आमोदीको महाकाव्य ’उषा अनिरुद्ध’ लाई चिसाप खेमलाल लामिछाने प्रतिभा पुरस्कार (अडियो)

0


चितवन, २० असार । यसपटकको चिसाप खेमलाल लामिछाने प्रतिभा पुरस्कार कवि केशवराज आमोदीको महाकाव्य ’उषा अनिरुद्ध’ ले पाउने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनका संस्थापक संरक्षक एवं एनआरएन संरक्षक जीबा लामिछानेद्वारा आफ्ना स्व. पिता श्री खेमलाल  लामिछानेका नाममा स्थापित सो पुरस्कार चौथोपटक आमोदीको महाकाव्य उषा अनिरुद्धलाई प्रदान गर्न लागिएको हो । चितवन साहित्य परिषद्को आज बसेको बैठकले यो निर्णय गरेको हो । ५० हजार राशिको उक्त पुरस्कार भानु जयन्तीको अवसरमा प्रदान गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भयो ।  यसअघि यो पुरस्कार कवि गोविन्दराज विनोदीको शूपर्णखा, निबन्धकार बलराम अधिकारीको निबन्ध इरेजर र कवि सीमा आभाषको म स्त्री अर्थात आईमाईलाई प्रदान गरिएको थियो । यसैगरि यस वर्षको चिसाप प्रतिभा पुरस्कार समालोचक पूर्णप्रसाद अधिकारीलाई प्रदान गरिने भएको छ । चिसाप अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा मंगलबार बसेको बैठलले सो निर्णय गरिएको परिषदले जनाएको छ । यसै वर्षबाट यस पुरस्कारको राशि ११ हजार पैतालीस पुराइएको छ । यो पुरस्कार प्राप्त गर्ने उहाँ २३ औ प्रतिभा हुनुहुन्छ । उषा अनिरुद्धका रचनाकार कवि केशवराज आमोदीलाई उषा अनिरुद्ध कस्तो महाकाब्य हो भनेर सहकर्मी सविता तिवारीले सोध्नुएको छ ।

Share.

Leave A Reply