कल्पवासका जेष्ठनागरिकसँग नारी दिवस

0

गैडाकोट, २५ फागुन । विश्व शान्ति महिला संघ नेपाल (डब्लु एफडब्लु पि) ंचितवन शाखाले देवघाट  गाउँपालीका ५स्थित देवघाटधामका  कल्पवासमा रहेको महिला जेष्ठ नागरिकसँग एक कार्यक्रम गरि शनिवार १०९ औ अन्तराष्ट्रिय महिला दिवस  मनाएको छ ।

देवघाटमा रहेको  महिलाबाट सञ्चालित  इन्दिरा  सन्यास आश्रम  दुर्गापञ्चाङ्ग शक्तिपीठ  परिसरमा आयोजीत कार्यक्रमको प्रमुख अतिथी देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल रहेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी पौडेलले महिलाबाट सञ्चालित आश्रमले देवघाटको गरिमा बढाएको बताउनुभयो । उहाँले भुकम्प पुननिमार्ण प्राविधिकारणको सहयोगमा कल्पवास क्षेत्रमा  १६ वटा कुटी  निमार्ण भइरहेको बताउदै यस्ता कुटि बेच्न साट्न पनि नपाइने  बताउनुभयो ।

इन्दिरा सन्यास आश्रमका पिठाधिश इश्वरानन्द सरस्वती जी महाराजको अध्यक्षतामा भएको सो कार्यक्रममा भरतपुर १ का कार्यवाहक अध्यक्ष राममाया पिया , देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल , आश्रमका गोकुलानन्द सरस्वती, निवृत  प्रहरी सहायक निरिक्ष दुर्गा  देवी शर्मा उपाध्याय  लगायतले बोल्नुभएको थियो ।

विश्व शान्ति महिला संघ चितवनकी अध्यक्ष सुमित्रा पौडेल आँचलले कल्पवासमा रहेका जेष्ठ नागरीक बिच कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउनुभयो । सो असरमा आश्रममानै सेलरोटी पकाएर खाजा खुवाउनुको साथै २५ हजार बराबरको सहयोग गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply