कर्म गर फलको आशा नगर – डा. शसांक कोईराला

0

प्रेम क्षेत्री
फागुन १८, गैंडाकोट । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधी सभा सदस्य डा. शसांक कोईरालाले भौतिक मृत्यु सत्य रहेपनि आत्मा सदैव जिवित रहने बताउनुभएको छ ।

नेपाली कांग्रेस गैंडाकोट वडा नम्बर ५ को आयोजनामा स्व. भवानी खरेलको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै उहाँले एउटा रुखमा रहेका पात झर्दैगर्दा त्यस्ले ल्याउने तरंगले नयाँ पालुवा पलाउने र पात झरेपनि रुख नमर्ने प्रंसग उठाउँदै मृतक आत्माको चिर शान्तीको कामना गर्नुभयो । कोईरालाले विपिले गरेका काम र उहाँको विचार अमर रहेजस्तै कर्म गर तर फलको आशा नगर भन्नुभयो ।
नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधी तथा गैंडाकोट नगरपालिकाकी नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल, नेपाली कांग्रेस क्रियाशिल सदस्य दयानाथ खरेल, गोपिनाथ खरेल, त्रैलोक्यनाथ खरेल तथा समाजसेवी दुर्गानाथ खरेल, सरिता खरेल, मिना खरेलकी ममतामयीमाता तथा सासुआमा भवानी खरेलको ८९ वर्षको उमेरमा भएको दुःखद् निधनको १३ औं दिनको पुण्यतिथीमा उहाँको आफ्नै निवासमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले पहिलो पाठशाला आमा भएको जनाउँदै कांग्रेस यो स्थानमा आउनुमा पनि उहाँको अहम् भुमिका रहेको बताउनुभयो ।
कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै उहाँले देखाएको बाटो अवलम्बन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।


श्रद्धाञ्जली सभा कार्यक्रममा स्व. भवानी खरेलको जिवनीमाथी प्रकाश पार्दै नेपाली कांग्रेस नगर सभापति तारापती खरेलले स्वं भवानी खरेलले छोराछोरीको शिक्षा दिक्षा र पार्टीमा ठुलो योगदान पु¥याएको बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख चेसराम आले, उप प्रमुख शारदा विश्वकर्मा, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा, प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटा, क्षेत्रिय सभापति द्रोण वन सन्यासी, सचिव विष्णुप्रसाद कंडेल, महिला संघ जिल्ला कोषाध्यक्ष शान्ती न्यौपाने लगायत जिल्ला सदस्य, क्षेत्रीय प्रतिनिधी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस गैंडाकोट वडा नम्बर ५ का सभापति गोविन्द घिमिरेको सभापतित्वमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।


यसअघि शनिबार नै विजय परिवारले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
श्रद्धाञ्जली सभामा विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि. का पुर्व अध्यक्ष एवं सञ्चालक ईन्द्रराज ज्योती पौडेल, विकु बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक ओमप्रसाद सापकोटा, विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.का अध्यक्ष टिकाराम कंडेलले शोक मन्तव्य राख्नुभएको थियो ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण विकुका सचिव गोविन्द रिमालले गर्नुभएको थियो । कार्यक्रममा विजय परिवारका सदस्य संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा गैंडाकोटमा रहेका विभिन्न संघ संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै शोकपत्र राखेका थिए ।

Share.

Leave A Reply